देश
एमाले सचिव महासेठ द्वारा केन्द्रीय कार्यालयको निरीक्षण, नेता कार्यकर्तालाई विचलित नहुन आग्रह !

नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जेन्जी आन्दोलनको क्रममा विभिन्न व्यक्तिहरूले क्षतिग्रस्त पारेको नेकपा एमाले केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन । भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी भएको थियो भने देशभरका अधिकांश पार्टी कार्यालयमा पनि क्षति पुगेको थियो । यस घटनामा नेताहरूका व्यक्तिगत सम्पत्तिहरूमा समेत लुटपाट र आगजनी भएको थियो । प्रदर्शनका क्रममा स्वयम उनको घर पनि लुटपाट तथा आगजनी भएको थियो । यसबीच, महासेठले मंगलबार पार्टीको केन्द्रीय कार्यालय पुगेर नेता तथा कार्यकर्तालाई ढाडस दिएका छन् । उनले नेता कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गरेका छन ।
एमालेले विगतमा पनि अनेक कठिन समय पार गरेको स्मरण गराउँदै सचिव महासेठले यसपटक पनि धैर्य धारण गर्न आवश्यक रहेको बताएका छन् । उनले पार्टी नेतृत्व र कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न र पार्टीको नीतिलाई प्रभावकारी बनाइराख्न निर्देशन दिएका छन । आन्दोलनको नाममा व्यक्तिग सम्पत्ती लुटपाट गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु लोकतन्त्रमा अस्वीकार्य भएको उनले स्पष्ट पारेका छन् । उनले दोषीहरू विरुद्ध सरकारसँग कडा कारबाहीको माग गरेका छन ।
महासेठले पार्टी कार्यालयमा पुगेपछि घटना प्रत्यक्ष अनुभव गर्दै, कार्यकर्तालाई उत्साहित गर्न र संगठन भित्रको मनोबल उच्च राख्न विभिन्न रणनीतिक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले पार्टीको संरचना र नेतृत्वलाई पुनः सबल बनाउने, कार्यकर्तालाई प्रशिक्षित गर्ने र आगामी राजनीतिक गतिविधिहरूमा एकताबद्ध भएर अघि बढ्ने सन्देश दिएका छन । यस घटनाबाट पार्टी र नेता कार्यकर्तामा देखिएको असुरक्षा, अन्योलता र चिन्ता व्यवस्थापन गर्न महासेठको कदमलाई महत्त्वपूर्ण मानिएको छ ।
यो निरीक्षणले पार्टीको नेतृत्वले आन्दोलन पश्चातको चुनौती र जिम्मेवारीलाई कत्तिको गम्भीरतापूर्वक लिएर अघि बढिरहेको छ भन्ने स्पष्ट संकेत दिएको छ । महासेठले सबैलाई स्थिरता कायम राख्न र पार्टीको कार्यक्षमता पुनस्र्थापना गर्न बल दिएका छन् । जसले आगामी राजनीतिक वातावरणमा एमालेको भूमिका अझ सबल बनाउने अपेक्षा गरिएको छ ।






































