जोडिनुहोस
  • होमपेज
  • सप्तकोसीमा पानीको बहाव दुई लाख ५१ हजार क्युसेक माथि, रातो बत्ती बालियो

सप्तकोसीमा पानीको बहाव दुई लाख ५१ हजार क्युसेक माथि, रातो बत्ती बालियो

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ । पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको हो ।

गएराति १० बजे गरिएको मापनअनुसार ब्यारेज भएर दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानी बगिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको छ। त्यसैगरि खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries