जोडिनुहोस
  • होमपेज
  • मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा पूर्णरूपमा बन्द हुने

मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा पूर्णरूपमा बन्द हुने

काठमाडौं । तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम अझै बाँकी रहेकाले मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त समयावधिमा सबै प्रकारका सवारी आवागमन रोकिनेछ ।

गत शुक्रबार खसेको ठूलो पहिरोका कारण यो सडक करिब ४० घण्टासम्म पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए । आइतबार अपराह्न मात्र सडक आंशिक रूपमा खोलिएको भए पनि राति यात्रा जोखिमपूर्ण देखिएकाले पुनः राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म बन्द गरिएको थियो ।

आज बिहानसम्म तुइन खोला पुल नजिक सडक एकतर्फी मात्रै सञ्चालनमा छ, भने अन्य भागमा दुईतर्फी आवागमन सम्भव भएको छ । दशैं नजिकिँदै जाँदा यात्रुको चाप बढ्ने भएकाले बाँकी पहिरो पूर्ण रूपमा हटाएर सडक पूर्णरूपमा सञ्चालन गर्ने तयारी गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

सडक लामो समयसम्म अवरुद्ध हुँदा सवारीसाधनको चाप असामान्य बनेको छ । लेन अनुशासन नमान्दा विभिन्न स्थानमा जाम हुने समस्या देखिएको छ । ट्राफिक प्रहरीले यात्रुलाई धैर्य गर्न र अनुशासित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका