जोडिनुहोस
  • होमपेज
  • गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राई बने ७ वटै मेजर म्याराथन पूरा गर्ने पहिलो नेपाली

गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राई बने ७ वटै मेजर म्याराथन पूरा गर्ने पहिलो नेपाली

काठमाडौँ – गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राई सम्पूर्ण ७ वटै मेजर म्याराथन पूरा गर्ने पहिलो नेपाली बनेका छन्। उनले अगस्ट २०२५ मा सम्पन्न सिड्नी म्याराथन पूरा गरेसँगै यो उपलब्धि हासिल गरेका हुन्। सिड्नी म्याराथन सन् २०२५ देखि आधिकारिक रूपमा मेजर म्याराथनमा समावेश भएको हो।

यसअघि सन् २०१९ मा सिड्नी समावेश हुनु अघि नै राई ६ वटा मेजर म्याराथन पूरा गर्ने पहिलो नेपाली बनेका थिए। यही भदौ ५ गते आइतबार बर्लिन म्याराथन पुरागरेसँगै उनले १३ मेजर म्याराथन पूरा गरेका हुन् ।

कहिले कुन म्याराथन पुरा ?
– लन्डन म्याराथन – २०१७, २०१९, २०२१, २०२३, २०२४, २०२५
– बर्लिन म्याराथन – २०१७, २०२५
– बोस्टन म्याराथन – २०१८
– शिकागो म्याराथन – २०१८
– न्युयोर्क सिटी म्याराथन – २०१८
– टोकियो म्याराथन – २०१९
– सिड्नी म्याराथन – २०२५

नेपालको प्रतिनिधित्व गर्दै ट्रायथलनमा सहभागिता र प्रतियोगिता दूरी

– पौडी – ३.१ किमी
– साइकल – १२० किमी
– दौड – ३०.२ किमी

२०२४ मा अष्ट्रेलियाको टाउनस्विलमा आयोजित लङ डिस्टान्स ट्रायथलन वर्ल्ड च्याम्पियनसिप्स (एलीट वर्ग) मा नेपाल प्रतिनिधित्व गर्दै उनले समग्रमा १३औँ स्थान हासिल गरे। यस प्रतियोगिताबाट प्राप्त ६०० अमेरिकी डलर पुरस्कार रकम उनले नेपालका वञ्चित बालबालिकाको उपचारका लागि दान गरे।

२०२५ जुन मा स्पेनको पोन्तेवेद्रामा भएको लङ डिस्टान्स ट्रायथलन वर्ल्ड च्याम्पियनसिप्स (एज ग्रुप वर्ग) मा उनले समग्रमा १४औँ स्थान हासिल गरे।

सन्तोष राईले २०२५ मा नेपाली परम्परागत पोशाक दौरा–सुरुवालमा सबैभन्दा छिटो म्याराथन दौडेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्।

नेपाललाई विश्वमा चिनाउन दौडमार्फत निरन्तर योगदान दिइरहेका राईले नेपाल म्याराथन ७७७ (७ प्रदेशमा ७ दिनमा ७ म्याराथन) लगायतका कार्यक्रम आयोजना गरेका छन्। साथै, उनी धरान रन (नेपाल) र नेपाल रन यूके का संस्थापक हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका