जोडिनुहोस
  • होमपेज
  • कपिलवस्तुमा बस दुर्घटना, १० घाइते

कपिलवस्तुमा बस दुर्घटना, १० घाइते

तौलिहवा (कपिलवस्तु) । शिवराज नगरपालिका–१ उमरिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई सडकको बाँया पट्टीमा पल्टेको हो। बसमा सवार ३५ मध्ये १० जना घाइते भएका छन्।

घाइतेको उपचार चन्द्रौटास्थित सन्जिवनी अस्पतालमा भइरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका