जोडिनुहोस
  • होमपेज
  • मोदीले भने, ‘नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार छ’

मोदीले भने, ‘नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार छ’

काठमाडौँ, नेपाल – नेपालमा शुक्रबारदेखि निरन्तर वर्षासँगै विभिन्न पहाडी र तराई क्षेत्रहरूमा बाढी र पहिरोका कारण जनधनमा व्यापक क्षति भएको छ । उद्धार र राहतका कार्य जारी रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत भनेका छन्, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं । एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ ।”

नेपालका विभिन्न भूभागमा वर्षा, बाढी र पहिरोका कारण घरबार, कृषि क्षेत्र र जनसंपत्तिमा क्षति पुगेको छ । हाल उद्धार टोलीहरू प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण र बचाउ अभियानमा जुटेका छन् । भारतीय प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले प्रभावित नेपाललाई तत्काल सहयोग र सहयोगी भावनाको सन्देश दिएको छ ।

यस्तो छ, मोदीको एक्स

https://x.com/narendramodi/status/1974895806621860340

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका