
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका छन्।
शुक्रबार अपराह्न ४ बजे शीतलनिवासमा हुने उक्त बैठकमा आसन्न निर्वाचनका तयारी र राजनीतिक सहमतिको विषयमा छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटघाट गरेका थिए।





































