जोडिनुहोस
  • होमपेज
  • भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

भीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्डभन्दा बढी खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गृह मन्त्रालयको निर्णयपछि नेतादेखि अन्य विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लिने प्रक्रिया तीव्र गतिमा अघि बढेको हो ।

२३ असोजमा गृहमन्त्रीस्तरीय निर्णयमार्फत मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको थियो । त्यसअनुसार गृह मन्त्रालयले विवरण संकलन गरी सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार हालसम्म २७१ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । तीमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना रहेका छन् ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई अधिकतम १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी दिन सकिने प्रावधान छ । तर, उक्त मापदण्ड विपरीत पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर सुरक्षाकर्मी राख्दै आएका थिए ।

यस्तै अन्य पूर्वविशिष्ट तथा बहालवाला विशिष्ट व्यक्तिहरूले पनि मापदण्ड उल्लंघन गरी सुरक्षा लिइरहेका थिए । फिर्ता भएका २७१ सुरक्षाकर्मीमा यस्तै मापदण्डबाहिर खटिएका सुरक्षाकर्मीहरू परेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका