जोडिनुहोस
  • होमपेज
  • भुजेला घाटमा राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

भुजेला घाटमा राष्ट्रिय सम्मानका साथ गरियो विपीनको अन्त्येष्टि

हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।

उनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए । इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन् ।

इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोलीसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका