जोडिनुहोस
  • होमपेज
  • बञ्चरेडाँडामा अवरोध, काठमाडौं महानगरको फोहर घरमै राख्न आग्रह

बञ्चरेडाँडामा अवरोध, काठमाडौं महानगरको फोहर घरमै राख्न आग्रह

काठमाडौं। बञ्चरेडाँडास्थित फोहर बिसर्जनस्थलमा पुनः अवरोध भएपछि काठमाडौं महानगरपालिकाले फोहर घरमै राख्न नागरिकलाई आग्रह गरेको छ। स्थानीयवासीले फोहर बोक्ने गाडीहरूलाई बीच बाटोमै रोक्दा उपत्यकाभित्र फोहर व्यवस्थापन ठप्प बनेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै भनिएको छ, “बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण फोहर बिसर्जन सम्भव नभएकाले अर्को सूचना जारी नभएसम्म घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा फोहर राख्न अनुरोध गर्दछौं।”

महानगरले फोहर सडक वा सार्वजनिक स्थानमा फ्याँक्न नपाइने चेतावनीसमेत दिएको छ।

स्थानीयहरूले लामो समयदेखि उठाइएका माग पूरा नभएको भन्दै आन्दोलन गरेका छन्। उनीहरूले “मन्त्री र काठमाडौं महानगरका मेयर बालेन साह स्वयं आएर वार्ता गर्नुपर्ने” माग राखेका छन्।

फोहर व्यवस्थापनमा पुनः उत्पन्न अवरोधसँगै काठमाडौं उपत्यकामा फोहरको समस्या फेरि बल्झिएको छ। महानगरले अवरोध हटाउने प्रयासका लागि सम्बन्धित निकायहरूसँग समन्वय जारी रहेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका