जोडिनुहोस
  • होमपेज
  • थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर शुक्रबार थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ ।

महानगरले उक्त बिट सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको आरोप लगाउँदै हटाउने प्रक्रिया थालेको हो । यसअघि महानगरपालिकाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र लेख्दै सार्वजनिक जग्गा अतिक्रमण गरेको कारण बिट हटाउन अनुरोध गरेको थियो ।

तर ट्राफिक प्रहरीले भने सो बिट २०३० सालदेखि नै स्थायी रूपमा स्थापना गरी सञ्चालन हुँदै आएको दाबी गरेको छ । यस विषयमा दुवै निकायबीच अहिले समन्वय र विवाद समाधानका लागि छलफल चलिरहेको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका