
काठमाडौँ । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले आयोगलाई सहयोग नगरको भन्दै स्पष्टीकरण सोधेको हो ।
आयोगले प्रहरी प्रधानकार्यालयसँग भदौ २३ र २४ गते फिल्डमा को को खटिएका प्रहरीको विवरण मागेकोमा विवरण समयमा उपलब्ध नगराएको र आयोगले ताकेता गरेपछि पठाएको जवाफमा आइजिपीदेखि जवानसम्म खटिएको भन्ने जवाफ पठाइएको थियो ।
आयोगले यस विषयमा २४ घण्टाभित्र जवाफ दिन पत्र पठाएको स्रोतलेलाई जानकारी दिएको छ ।



































