जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ९ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ११ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १३ घन्टा अगाडि
  • १४ घन्टा अगाडि
  • होमपेज
  • नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्यो: तोलामा सुन ६ सय र चाँदी १० रुपैयाँले वृद्धि

नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्यो: तोलामा सुन ६ सय र चाँदी १० रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन बिहीबारको तुलनामा बढेको हो, जहाँ सुन तोलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बिहीबार तोलाको ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८९ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs