जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा गुञ्जिँदै कन्दरा

काठमाडौंमा गुञ्जिँदै कन्दरा

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष संगीत कार्यक्रमको घोषणा गरेको छ ।

ब्यान्डले आउँदो २८ कात्तिक  आउँदो शुक्रबार ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिनेछ । स्थापनाको ३२ वर्षमा ब्यान्ड दोस्रोपटक काठमाडौंमा गुञ्जिन लागेको हो । विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौं कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलनमा ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्यान्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत कन्सर्ट हुन लागेको बताए । उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको उनको भनाइ छ ।

“मुलुक परिवर्तनको संघारमा छ । संगीतमार्फत हामीले मुलुकको परिवर्तनमा हातेमालो गर्न खोजेको हो”, गायक श्रेष्ठले भने, “यो कन्सर्ट हाम्रो आवाज हो । एक्सोमा हुन लागेको कन्सर्ट हाम्रो थिमअन्तर्गतको पहिलो कन्सर्ट हुनेछ ।” श्रेष्ठले क्लबमा गर्नुको उद्देश्य मनोरञ्जन गर्नु मात्र नभएर युवापुस्तासँग जोडिने प्रयास पनि बताएको उनले बताए । “क्लब नाच्ने र गाउने ठाउँ मात्र होइन । अहिलेको युवापुस्ताको माग हो”, उनले भने ।

ब्यान्डले गतवर्ष पहिलोपटक काठमाडौं कन्सर्ट ठमेलस्थित एलओडीमा गरेको थियो । “हामी रिदम अफ चेन्जलाई सामाजिक र आर्थिक परिवर्तनसँग जोड्न चाहन्छौँ,” उनले भने, “संगीतमा पनि यो परिवर्तन लागु हुन्छ । हामीले फ्रन्टम्यानलाई पनि चिन्यौँ । पर्दा पछाडिकालाई चिनेनौँ ।”

अबको १ महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुुलुकमा ‘रिदम अफ चेन्ज’ टुर हुने विवेकले बताएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । उनका अनुसार ब्यान्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टुरको तयारी गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका