जोडिनुहोस
  • होमपेज
  • सर्लाहीमा मतदाता नामावलीमा पाँच हजार ८१७ नयाँ मतदाता थपिए

सर्लाहीमा मतदाता नामावलीमा पाँच हजार ८१७ नयाँ मतदाता थपिए

बरहथवा (सर्लाही)। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीमा पाँच हजार ८१७ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानमा सुरुदेखि अन्तिमसम्म नागरिकको उत्साहपूर्ण सहभागिता देखिएको छ।

नयाँ दर्तामध्ये तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला छन्। यससँगै विवरण सच्याउन एक हजार ३१७ उजुरी परेका छन्, जसमा क्रमागत रूपमा कारबाही भइरहेको निर्वाचन अधिकारी शिवनारायण साहले बताए। राष्ट्रिय परिचयपत्रबाट प्रत्यक्ष दर्ताका लागि पनि निवेदन परेका छन्, जसको प्रक्रिया केही दिनमै अघि बढाइने सूचना अधिकारी अरविन्दकुमार झाले जानकारी दिए।

सर्लाहीको वर्तमान मतदाता संख्या चार लाख ९५ हजार ८२१ पुगेको छ। दर्तामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला छन्। आयोगले निर्वाचन तयारीस्वरूप नामावली सङ्कलन, विवरण सच्याउने, स्थान परिवर्तन र दोहोरो नाम हटाउने काम सञ्चालन गरेको हो।

कार्यालयमा स्वयं उपस्थित भएकाले दुईदेखि ३० मिनेटभित्र सेवा प्राप्त गरेको कार्यालयले जनाएको छ। तर कार्यालयसम्म जान नसक्ने तथा दुर्गम क्षेत्रका वृद्धवृद्धाले सेवाबाट वञ्चित भएको गुनासो गरेका छन्। हरिवन–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफ्नै उमेर र दुर्गमता कारण दर्ता गराउन नपाएको बताउँदै राज्यले घरमै पुगेर सेवा दिने व्यवस्था गरिदिनुपर्ने अपेक्षा व्यक्त गरिन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances