जोडिनुहोस
  • होमपेज
  • नवलपरासीमा छ हजार मतदाता थपिए

नवलपरासीमा छ हजार मतदाता थपिए

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताए । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताए । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका