जोडिनुहोस
  • होमपेज
  • दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो

दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो

बुटवल । दाङको लमहीमा गोली चलेको छ ।

लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शनिबार दिउँसो गोली चलेको हो । जहाँ पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते छन् ।

घाइते भएका उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए । लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका