जोडिनुहोस
  • होमपेज
  • कांग्रेस विभाजनतर्फ उन्मुख, सहमतिको ढोका बन्द हुँदै गएको कार्यवाहक सभापति खड्काको संकेत

कांग्रेस विभाजनतर्फ उन्मुख, सहमतिको ढोका बन्द हुँदै गएको कार्यवाहक सभापति खड्काको संकेत

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनतर्फ अघि बढिसकेको दाबी गरेका छन्।

केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा उपस्थित नेता–कार्यकर्तालाई पछिल्लो वार्ताको अवस्थाबारे जानकारी गराउँदै सहमतिको प्रयास असफल भएपछि पार्टी फुटको दिशामा पुगेको बताएका हुन्।

उनका अनुसार सभापति शेरबहादुर देउवा अत्यधिक लचिलो बनेर सहमति खोज्दा पनि महामन्त्रीद्वयबाट सहयोग नआएको र उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले अब विभाजनको अवस्था सिर्जना भएको छ।

खड्काले अब केन्द्रीय कार्यसमिति बैठक हिजोको जस्तै स्थगित हुने अवस्था नरहेको उल्लेख गर्दै, परिस्थितिअनुसार आवश्यक थप कदम पार्टीको केन्द्रीय कार्यसमितिले चाल्ने स्पष्ट पारे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Casino Online & Promocode