जोडिनुहोस
  • होमपेज
  • संस्थापन पक्षले गगन-विश्वलाई कारबाही गर्ने, कार्यवाहक सभापति भन्छन्-पार्टी जोगाउन सकिएन

संस्थापन पक्षले गगन-विश्वलाई कारबाही गर्ने, कार्यवाहक सभापति भन्छन्-पार्टी जोगाउन सकिएन

नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको हो ।

विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षले निष्कर्ष निकालेको छ।

निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगत्तै उनीहरूलाई कारबाही गरिएको पत्र पठाइने छ । संस्थापन पक्षीय एक नेताका अनुसार पार्टी विभाजनको आरोपमा उनीहरूलाई कारबाही गरिने छ ।

यसबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका छन् ।

सानेपामा पत्रकारहरूसँग कुरा गर्दै खड्काले पार्टी फुट्न लागेको बताएका हुन् । सभापति शेरबहादुर देउवा अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले नमानेको र उम्मेदवारी मनोनयन प्रक्रिया नै थालिसकेकाले अब फुटतर्फ गएको उनको भनाइ छ ।

उनले अब बैठक हिजोको जसरी नरोकिने भन्दै थप आवश्यक कदम केन्द्रीय कार्य समितिले चाल्ने बताए ।

‘उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,’ खड्काले भने, ‘सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो ।हस्ताक्षर छाड्छु भन्नुभएको थियो । हस्ताक्षर छोड्न तयार हुँदा पनि निर्वाचन प्रक्रिया रोक्नुभएन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Casino Online & Promocode