
काठमाण्डु महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । बालेनले आइतबार दिउँसो उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएका हुन् ।
मेयरले राजीनामा बुझाएको पुर्व नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले काठमाण्डुपाटीलाई बताए ।
यस्तै, आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बालेनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
आगामी प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने भएपछि उनले राजीनामा दिएका हुन्।
उनले अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्तसमेत गरेका छन् ।
यस्तै कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।




































