जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौंमा लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं। काठमाडौंमा सक्रिय लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

बुधबार राति काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरिएको छ। तीमध्ये दुई जनालाई मुलपानीमा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो।

गोली लागेर एक व्यक्तिको खुट्टामा चोट लागेको छ। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी बुढाथोकीका अनुसार मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ परेका सबै १० जना एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहमा संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान तथा स्क्रिनिङ भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका