जोडिनुहोस
  • होमपेज
  • बिशेष पौड्यालको नयाँ गीत ‘यो मन’ सार्वजनिक

बिशेष पौड्यालको नयाँ गीत ‘यो मन’ सार्वजनिक

काठमाडौंं – नेपाली संगीत क्षेत्रका बहुआयामिक कलाकार बिशेष पौड्यालको नयाँ गीत ‘यो मन’ सार्वजनिक भएको छ। रक–पप शैलीमा तयार गरिएको यस गीतले प्रेम विछोडपछि आउने पीडा, एकान्तता र मनभित्रको भावनात्मक संघर्षलाई गहिरो रूपमा प्रस्तुत गरेको छ।

टुटेको प्रेम कथामा आधारित गीतले श्रोतालाई मनको उथलपुथल, चिन्ता र एक्लोपनको अनुभूतिसँग जोड्ने प्रयास गरेको छ। गीतमा आधुनिक संगीत संयोजनसँगै भावनात्मक शब्द र मेलोडिक संरचना सुन्न सकिन्छ।

गीतको शब्द, संगीत तथा एरेन्ज र स्वोर स्वयं बिशेष पौड्यालले गरेका छन्। येसै गरि कलाकार रमिता भण्डारीको बेजोड अभिनय रहेको यस गीतमा भोकल ब्लेन्ड, हार्मोनी तथा कोयरको प्रयोगले विशेष सांगीतिक गहिराइ थपिएको छ।

गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा अँध्यारो परिवेश र भावनात्मक दृश्यहरूमार्फत एक्लोपनको अनुभूति प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ। भिडियोको छायांकन तथा सम्पादन कमल सुनारले गरेका हुन्।

नेपाली संगीत क्षेत्रमा गायक, संगीतकार, कम्पोजर, एरेन्जर तथा निर्देशकका रूपमा परिचित बिशेष पौड्याल लामो समयदेखि सक्रिय छन्। उनले हालसम्म दर्जनौँ गीतहरूमा संगीत संयोजन र स्वर दिइसकेका छन् भने थुप्रै म्युजिक भिडियो निर्देशन पनि गरिसकेका छन्।

हालै प्रस्तुत गरिएको नेपाली सेनाको “रास्ट्र सेवक सिपाही” गीत मा संगीत भर्नुका साथै नेपाली चलचित्र श्री बुकुरो फिल्ममा समाबेश गरिएको गीत “मेरो ढुकढुकि नेपाल आमालाइ ” मा उनले स्वोर तथा संगीत दिएका छन् ।

नयाँ गीत ‘यो मन’ मार्फत बिशेष पौड्यालले नेपाली रक–पप संगीतमा फेरि एकपटक आफ्नो सशक्त उपस्थिति देखाएका छन्। गीतलाई दर्शक तथा श्रोताले सकारात्मक रूपमा ग्रहण गर्ने अपेक्षा गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका