
काठमाडौं, सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्ने भएको छ । हिजोका लागि बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्नेछ ।
मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजोका लागि सारिएको थियो । हिजो पनि नबसेर बैठक आजका लागि बोलाइएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको थियो ।
बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो ।