जोडिनुहोस
  • होमपेज
  • लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि माघ १० गते बाजुरामा ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६।६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका