जोडिनुहोस
  • होमपेज
  • दुई छोरासहित गण्डक नहरमा हामफालेकी आमाकाे शव भेटियाे

दुई छोरासहित गण्डक नहरमा हामफालेकी आमाकाे शव भेटियाे

रूपन्देही । मंगलबार दुई छोरा कम्मरमा बाँधेर नवलपरासीको गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन्।

नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेकी थिइन् ।

हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि १ सय मिटर तल उनीहरू मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार आफ्ना दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बांधेर नहरमा हाम फालेकी थिइन् ।महिलाको मानसिक सन्तुलन असामान्य रहँदै आएको स्थानीयले बताएका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

प्रहरीले २९ वर्षीया थारूले के कारणले छोरासहित आत्महत्या गरिन् भन्नेबारे अनुसन्धान हुँदै गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help