जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सन्दीपको मुद्दाको पेशी आज

देश

सन्दीपको मुद्दाको पेशी आज

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १५, २०७९
सन्दीपको मुद्दाको पेशी आज

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ ।आइतबार आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज सुनवाइ हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

एक नाबालिग माथि बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका विरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन । जस विरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइरहेको हो ।

सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रवार देखी भएको सुनवाइ नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइ पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसला हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК