जोडिनुहोस
  • होमपेज
  • ड्युटीमै अचानक बेहोस भएर बैतडीमा प्रहरीको मृत्यु

ड्युटीमै अचानक बेहोस भएर बैतडीमा प्रहरीको मृत्यु

कैलाली । कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका एक प्रहरीको बैतडीमा मृत्यु भएको छ ।

बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार नवीन चौधरीको ड्युटीको क्रममा अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

‘आज दिउसो ड्युटीको क्रममा एक्कासि बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरे’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शवको परीक्षण भोलि गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका