जोडिनुहोस
  • होमपेज
  • महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उनले उल्लेख गरे ।

शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको भन्दै हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको दउवाले भनाइ छ ।

‘हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमाम उल्लेख छ ।

महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु-याउने उनले विश्वास लिएक छन् ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिलाले आफ्नो प्राणको आहुती गरेको देउवाले स्मरण गरे । ‘म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिदै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका