काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ ।
दीपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन । उनले युएईका रोहन मुस्तफालाई २० रनमा आउट गरे ।
दीपेन्द्रले जारी खेलमा दोस्रो विकेट लिएका हुन् । युएईले ५ विकेट गुमाएर १७५ रन जोडेको छ ।