काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा शुक्रबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो ।
जावलाखेलको जितमा एन्कोटो मासोबीले निर्णायक गोल गरे । मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ। थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ।