जोडिनुहोस
  • होमपेज
  • बैंकका कर्मचारीले २०८० सालमा ३५ दिन बिदा पाउने

बैंकका कर्मचारीले २०८० सालमा ३५ दिन बिदा पाउने

काठमाडौँ । आगामी वर्षका लागि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बिदा घोषणा भएको छ । केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै २०८० सालमा बैंकका कर्मचारीले बिदा पाउने दिनको सूची सार्वजनिक गरेको हो ।

सूचना अनुसार वर्षभरिमा कूल ३६५ दिनमा सबै गरी कर्मचारीहरूले ३५ दिन बिदा पाउनेछन् । वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिदा दिने निर्णय गरेको केन्द्रीय बैंकले वैशाख १८ गते (मे १)मा विश्व मजदुर दिवसको दिन समेत कर्मचारीहरूलाई बिदा दिने निर्णय गरेको छ ।

यस्तै, जेठ १५ गते गणतन्त्र दिवसका दिन, गौरा पर्व, रक्षा बन्धन, गाई जात्रा, श्रीकृष्ण जन्माष्टमी, तीज (महिला कर्मचारीहहरुका लागि मात्र) बिदा दिने जनाएको छ । यस्तै, असोज ३ गते संविधान दिवसको दिन समेत पूर्ण कर्मचारीलाई बिदा दिने जनाएको बैंकले इन्द्रजात्रा र जितिया पर्व (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि मात्र) पूर्ण दिन बिदा दिने निर्णय गरेको छ ।

दसैँ तिहार, छठ लगायत अन्य जातजाति, भाषा भाषी धर्म संस्कृति, सम्प्रदायका व्यक्तिहरूलाई मुख्य चाडपर्वका दिनमा बिदा दिने बैंकले जनाएको छ । यद्यपि, तोकिएको बिदा बाहेक नेपाल सरकारले तोक्ने तथा निर्णय गर्ने अन्य सार्वजनिक बिदामा समेत बिदा दिन सकिने बैंकले जनाएको छ । यसमा शनिवारको सार्वजनिक बिदा गणना हुने छैन ।

शुक्रवार भने सम्पूर्ण कर्मचारीहरूलाई आधा दिनको बिदा दिइने समेत केन्द्रीय बैंकले जनाएको छ ।

कार्यालय समय

२०८० साल वैशाख १ गतेदेखि २०८० कात्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय रहेको छ ।

यस्तै दोस्रो चरणमा २०८० कात्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बैंक तथा वित्तीय संस्था खुल्ला रहने केन्द्रीय बैंकले जनाएको छ । यसको अलबा प्रत्येक शुक्रवार भने बिहान १० बजेदेखि अपराह्न १ः ३० बजेसम्म मात्र बैंक तथा वित्तीय संस्थाहरू खुल्ला रहनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help