![यू-१७ महिला साफ : नेपाल र रसिया भिड्दै](https://sagarmatha.tv/wp-content/uploads/2023/03/nepal-u-171679762470-1024x661.jpg)
काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज आइतबार रसियाको सामना गर्दैछ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले युरोपियन टोली रसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र रसियाबीचको खेल राति ७ बजे सुरु हुनेछ ।
नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।
रसिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । रुसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । नेपालले चौंथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।