काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना जेल चलान भएका छन् ।
सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का कारागार चलान भएका हुन् ।
चैत ७ गते नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री विरुद्ध उनीहरुले नाराबाजी गरेका थिए । धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका हुन् ।