काठमाडौँ( नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई तत्कालै नियन्त्रणमा लिएर उद्दार गरिएको छ ।
पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताइएको छ ।