काठमाडौँ– वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा न’ १० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् ।
उनले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी कमल चौधरीबाट रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।