काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकाे संवाद सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले कुनै प्रकारको सामाजिक सञ्जाल सञ्जालन नगरेको बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारको सामाजिक सञ्चालन नगरेको स्पष्ट पारेको हो ।
निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन पनि अनुरोध गरिन्छ,” सचिवालयको विज्ञप्तिमा भनिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमानी शाहको नाममा रहेको फेक ट्विटर अकाउन्टमा गरिएको पोस्टबारे टिप्पणी गरेका थिए । ओलीले ‘छोरा, बुहारीलाई अगाडि सारेर फुरफुर’ नगर्न चेतावनीसमेत दिएका थिए ।
तर, पूर्वराजाको सचिवालयले यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ ।