जोडिनुहोस
  • होमपेज
  • बलात्कार आरोपमा एक किशोर पक्राउ

बलात्कार आरोपमा एक किशोर पक्राउ

बलात्कार आरोपमा दाङको तुलसीपुरबाट एक किशोर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल बबई गाउँपालिका–६ स्थित मामा घरमा बस्दै आएका १६ वर्षीय किशोर पक्राउ परेका हुन्।

तुलसीपुर– ६ की एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको उजुरीका आधारमा मंगलबार ती किशोर पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरमा ती किशोरविरूद्ध मंगलबार पीडितले उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा प्रहरीले ती किशोरलाई तुलसीपुर–३ स्थित घरबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।

पीडित युवतीले जाहेरीमा ती किशोरले आफूलाई ललाइफकाइ वैशाख १६ गते बाँकेको नेपालगञ्ज र सोही दिन राति ९ बजेतिर तुलसीपुर–३ स्थित आफ्नो खाली घरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन्।

पीडितको अवस्था सामान्य रहेको तथा उनको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार किशोरले आफ्नो मोबाइल बेचेर ती युवतीलाई नेपालगञ्ज घुमाउन लगेका थिए।

किशोरले घरमा लगेर राखेपछि युवतीले विवाह गर्न दबाब दिएकी थिइन्। उमेर पुगेपछि बिहे गरौंला भन्ने किशोरको दाबीपछि युवती घर फर्किएर घटनाबारे आफन्तलाई बताएकी थिइन्। त्यसपछि उनले बलात्कारको मुद्दा दिएको बताएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances