जोडिनुहोस
  • होमपेज
  • इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

मिलान। इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। एसी मिलानलाई दोस्रो लेगमा मंगलबार राति १-० गोलले पराजित गर्दै इन्टर मिलान फाइनल पुगेको हो।

पहिलो लेगमा २-० गोलले विजयी भएको इन्टर समग्रमा ३-० गोलको नतिजामा फाइनल पुगेको हो।

इन्टर मिलानले उपाधिका लागि अब रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो लेगमा बराबरी खेलेका रियल र म्यान सिटी दोस्रो लेगमा बुधबार राती प्रतिस्पर्धा गर्दैछन्। इन्टर मिलान सन् २०१० पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो।

दोस्रो लेगमा इन्टर मिलानका लागि लौतारो मार्टिनेजले गोल गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances