जोडिनुहोस
  • होमपेज
  • भोलि संसदमा प्रारम्भमै विचारहरु प्रस्तुत गर्नेछु : अध्यक्ष ओली

भोलि संसदमा प्रारम्भमै विचारहरु प्रस्तुत गर्नेछु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् । शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेबारे सांसदहरुलाई जानकारी गराएका हुन् ।

उनले भने– ‘मैले भोलि केही कुराहरु राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरु अलि बढी राजनीतिक कोणबाट पनि आउनेनै छन् ।’

उनले हिजो राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आएको बताउँदै यो पञ्चवर्षीय योजनाका रुपमा आउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारले दिगो विकासको गन्तब्यमध्ये यो वर्ष के–के काम गर्ने यो वर्षको नीति तथा कार्यक्रममा आउनुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका