जोडिनुहोस
  • होमपेज
  • जिरी पर्यटन प्रवर्द्धन गर्न ३ दिने ‘बुलेट’ र्याली

जिरी पर्यटन प्रवर्द्धन गर्न ३ दिने ‘बुलेट’ र्याली

काठमाडौँ । दोलखाको जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट र्‍याली सुरु गरिएको छ । नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा र्यालीको आयोजना गरिएको हो ।

नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरीको प्रवर्द्धन गर्न ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने मूल नाराका साथ ३ दिने बुलेट र्‍यालीको शुक्रबार गरिएको छ ।

काठमाडौँदेखि १८८ किमी दुरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्कीले जानकारी दिए । शनिबार जिरी सेरोफेरो घुमेर र्‍याली आइतबार मात्र फर्किने छ ।

जिरी घुम्न जाऔँ फिरिरि अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लीला खड्का अनुसार यो र्यालीले जिरीको पर्यटन उकास्न टेवा पुर्‍याउनेमा विश्वस्त रहेको बताए । पछिल्ला दिनहरुमा जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो ।

२० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौँबाट जिरी तर्फ लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका