जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे : ओली

प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए । उनले अघि भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’

तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको उनले बताए ।

उनले अघि भने, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’

भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्धी गर्न खोजेको भन्दै ओलीले भने, ‘यस प्रशंगमा कसैले बोलोस्, अनि भारतलाई भनौंला भन्ने सोच हुनसक्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका