समाचार

  • त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

    त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

    काठमाडौं– त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन्। पृथ्वी राजमार्गको मुग्लिननजिक सडकबाट बिहीबार ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ। राति १२ बजेतिर इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट कार त्रिशूलीमा खसेको थियो। घटनामा कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। बेपत्ताला हुनेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले […]

    शुक्रबार, अशोज ८, २०७८
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनको प्रतिवेदनमाथि छलफल

    एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनको प्रतिवेदनमाथि छलफल

    काठमाडौं– नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदै छ। दुई दिनसम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने […]

    शुक्रबार, अशोज ८, २०७८
  • काठमाडौं महानगरभित्रका विद्यालय आइतबारदेखि भौतिक रुपमा सञ्चालन हुने

    काठमाडौं महानगरभित्रका विद्यालय आइतबारदेखि भौतिक रुपमा सञ्चालन हुने

    काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि भौतिक रूपमा सञ्चालन गर्न पाइने भएको छ। बुधबार सम्पन्न नगर शिक्षा समितिको बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने सुवेदीकोे भनाइ छ। अनलाइन कक्षा प्रभावकारी भएको […]

    शुक्रबार, अशोज ८, २०७८
  • संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क पुगे

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क पुगे

    काठमाडौँ- पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले राससलाई बताउनुभयो । […]

    शुक्रबार, अशोज ८, २०७८
  • नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ : राष्ट्रपति

    नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ : राष्ट्रपति

    काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता विहीबारको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार आयोजित ‘सी चिनफिङ ः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई […]

    शुक्रबार, अशोज ८, २०७८
  • चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन

    चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिनुभयो । “नागरिकको जीवन रक्षा र हितका […]

    शुक्रबार, अशोज ८, २०७८
  • कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने

    कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने

    काठमाडौँ– नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विहीबार भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित […]

    शुक्रबार, अशोज ८, २०७८
  • अर्थमन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन

    अर्थमन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन

    काठमाडौँ– सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ । आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको […]

    शुक्रबार, अशोज ८, २०७८
  • द्वन्द्वपीडितको पहिचान खुल्ने गरी परिचयपत्र वितरण गर्न माग गर्दै सर्वोच्चमा रिट

    द्वन्द्वपीडितको पहिचान खुल्ने गरी परिचयपत्र वितरण गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौँ- सर्वोच्च अदालतमा १० वर्षे सशस्त्र द्वन्द्वपीडितको पहिचान खुल्ने गरी परिचयपत्र वितरण गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई विहीबार पीडित परिवारका आफन्त ज्ञानेन्द्रराज आरणसहित १७ जनाले उक्त माग राखी रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा पीडितको […]

    शुक्रबार, अशोज ८, २०७८
  • राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

    राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सनदबाट पारित भएको विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएको विनियोजन विधेयक २०७८ संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । विनियोजन विधेयक २०७८ […]

    शुक्रबार, अशोज ८, २०७८