जोडिनुहोस

शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर

गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज डबल हेडर खेलिनेछ। आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ ।

टोली १६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहने टोलीले फाइनल पुग्ने दुईवटा मौका पाउँछ। जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।

हेड टू हेड:
कोलकाता र राजस्थानबिच आईपीएलमा हालसम्म जम्मा २९ खेल खेलिएका छन्। जसमध्ये दुवै टोलीले १४–१४ ले जितेका थिए भने एउटा खेल भने नतिजाविहीन बनेको थियो ।

यी दुई टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । पहिलो खेलमा राजस्थान २ विकेटले विजयी भएको थियो ।

बटलर बाहिर, खराब फर्ममा राजस्थान
राजस्थानको टोलीले पछिल्ला दुई खेलमा १ सय ५० रनको आँकडा पार गर्न सकेको छैन । यही बिच टोलीका स्टार ब्याट्सम्यान जोस बटलर राष्ट्रिय जिम्मेवारी पूरा गरी इंग्ल्याण्ड फर्किएका छन् ।

अब टोलीका शीर्ष तीन ब्याट्सम्यान यशस्वी जैसवाल, सञ्जु सैमसन र रायन परागले ब्याटिङ अर्डरको जिम्मेवारी सम्हाल्नेछन् ।

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विपक्षी दलले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।

नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेका हुन् । बैठकमा सहभागी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई बोल्न दिने निर्णय भएको जानकारी दिए । उनले गृहमन्त्रीले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ६–० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो । महिला सुपर लिगमा चेल्सीको यो लगातार पाँचौँ तथा समग्रमा सातौँ उपाधि हो ।

चेल्सीका लागि मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन,मेलानी ल्युपोल्ज र फ्रान किर्बीले एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै चेल्सीका रामिरेजले सुरुवाती गोल गरेका थिए । आठौँ मिनेटमा क्यानेरिडले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । टोलीको अग्रता दोब्बर बनाइन् ।

यस्तै, ४४औँ मिनेटमा नुस्केनले गोल गर्दै ३–० को अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–० गोलले अगाडि बढाए ।यसैगरी, ल्युपोल्जले ४७औँ तथा किर्बीले ८५औँ मिनेटमा गोल गरेसँगै चेल्सी ६–० गोलले विजयी भयो ।

जितसँगै चेल्सीले २२ खेलबाट ५५ अंक जोड्यो । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन् भने हजारौँ मानिस विस्थापत भएका छन् । संयुक्त राष्ट्र संघका निकायहरूले पछिल्लो बाढीमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाएका छन् । बाढीमा परि हजारौँ गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पु¥याएको बीबीसले जनाएको छ ।

प्रान्तीय राजधानी फिरोजकोहमा करिब २,००० पसलहरू पानीमुनि रहेको र त्यहाँ जाने अधिकांश सडकहरू क्षतिग्रस्त भएको बताइएको छ । प्रान्तको प्रकोप व्यवस्थापन विभागले ‘आपतकालीन अवस्था’को घोषणा गर्दै आश्रय, खाना र पानीका लागि अपील गरेको छ।

प्रान्तीय गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले दर्जनौं व्यक्ति बेपत्ता भएको बताएका छन्। यो साता उत्तरी र मध्य क्षेत्रहरूमा व्यापक वर्षा भइरहेको छ । अघिल्लो हप्ता मात्रै अफ्गानिस्तानमा बाढीमा परि तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

लगातारको बाढीले खेतीयोग्य जमिन बाक्लो हिलोले ढाकिएको छ । ४ करोड जनसंख्या रहेको अफगानिस्तानमा ८० प्रतिशत मानिस कृषिमा निर्भर रहेका छन् । अफगानिस्तानको मौसम विभागले देशका सबै प्रान्तहरूमा थप वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ। अफगानिस्तानमा गत वर्ष लामो खडेरी परेपछि भारी वर्षा भएको हो ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।

सङ्घको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । सङ्घको प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत चयन भएका छन् ।

यस्तै, सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ चुनिएका छन् । सङ्घमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन् ।

गिरीबन्धु टी स्टेट प्रकरण : को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

सर्वोच्च अदालतले झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित गिरीबन्धु टि स्टेटको जग्गा व्यक्ति वा संस्थाको नाममा सट्टापट्टा हुने गरी तत्कालीन सरकारले बनाएको ऐन नियम र विभिन्न समयमा गरेका निर्णयहरू खारेज गरिदिएपछि व्यापारी दीपक मल्होत्रा र उनको समूहले बनाएको नीतिगत भ्रष्टाचारको ‘मास्टर प्लान’ असफल भएको छ।

सरकारी स्वामित्वमा आउनुपर्ने गिरिबन्धु टी स्टेटको २ सय ८० रोपनी जग्गा विभिन्न प्रपञ्च रचेर व्यक्ति तथा संस्थाको नाममा हत्याउन खोज्ने व्यापारी दीपक मल्होत्रा र उनको समूहले अर्बौं रुपियाँ संकलन गरेको आरोप लागेको छ ।

योजना असफल भएसँगै उनीहरूले संकलन गरेको अर्बौं रुपियाँ फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बताइएको छ । जग्गा हत्याउन सबैखाले चलखेल भइरहँदा गिरीबन्धु टि स्टेटको जग्गामा प्लटिङ गर्न थालिएको थियो । प्लटिङ गर्न शुरू गरेसँगै विभिन्न व्यक्तिबाट रकम संकलन गर्न थालिएको थियो ।

यस प्रकरणमा मल्होत्रासँग ‘पार्टनरसीप’ गरेका इलामका पूर्व गोरखा सैनिक बलबहादुर राई तथा उनीहरूसँग निकट सम्बन्ध रहेका बिचौलिया तारा सापकोटा समेतले गिरीबन्धु टी स्टेटको जग्गा किनबेच हुने गरी सबै तारतम्य मिलाइने र पछि सोही ठाउँमा राम्रो जग्गा दिने भन्दै कैयौं व्यक्तिहरूसँग करोडौं रुपियाँ उठाएको स्रोतको दाबी छ।

‘उनीहरूको ग्रुपले गिरीबन्धु टी स्टेटको जग्गा बिक्री वितरण हुने र त्यसमा तपाईंहरूले सस्तोमा पाउन सक्नुहुन्छ भन्दै सयौं व्यक्तिहरूसँग ५० लाख देखि १ करोड रुपियाँसम्म उठाएर ३ देखि ५ अर्ब रुपियाँ संकलन गरेको देखिन्छ’ – स्रोतले भन्यो।

राज्यको सम्पतिमाथि गिद्धेदृष्टि लगाएर स्वार्थपूर्ति गर्न खोज्ने राजनीतिक नेतृत्व तथा व्यापारीको भेषमा रहेका भूमाफिया ग्याङको योजना असफल भएपछि उनीहरू तिल्मिलाउन र छटपटाउन थालेको पाइएको छ।

गिरीबन्धु कम्पनीका सञ्चालकसँग विभिन्न समयमा भूमाफियाले सम्पर्क राख्दै जग्गा किनबेचको कानुनी वातावरण मिलाउने प्रपञ्च लामो समयदेखि रच्दै आएका थिए । यस्तैमा मल्होत्रालगायतको समूहले २०७६ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई प्रभावमा पारेर हदबन्दी छुटमा पाएको जग्गासमेत बेच्न र सट्टा पट्टा गर्न पाउने गरि भूमिसम्बन्धी ऐन संशोधन गराउन सफल भएको थियो ।

‘उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था कुनै कारणले विघटन हुने भएमा वा लिक्विडेसनमा जाने भएमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफारक गर्ने प्रयोजनका लागि यस ऐनको अधीनमा रही नेपाल सरकारको स्वीकृतिमा वितरण गर्न बाधा परेको मानिने छैन,’ ऐनको दफा १२ को १ मा भूमाफियाकै निर्देशनअनुसार त्यसरी संशोधन गरिएको थियो ।

भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमाफियाकै योजनाअनुसार यससम्बन्धी सबै प्रपञ्च मिलाएको थियो । सो समयमा मन्त्रीको रूपमा पद्मा अर्याल कार्यरत रहनुभएको थियो । सरकारको स्वामित्वमा आउनुपर्ने अर्बौं मूल्यको जग्गा व्यक्ति विशेषको नाममा लैजाने गरी भएका यस्ता प्रपञ्चमा असहमति जनाउने केही सचिव मन्त्रालयबाट हटाइएका थिए।

‘केही माफिया समूहले सचिव काम छिटो गरिदिनुस्,तपाईंलाई समेत केही व्यवस्था गर्छौं भन्ने सन्देश पठाए तर मैले त्यस्तो गर्न सक्दिन भनेपछि केही दिनमै मेरो सरुवा भयो ।’ मन्त्रालयका एक पूर्व सचिवले नेपाल समाचारपत्रसँग भने।

ती सचिवका अनुसार सरकारको स्वामित्वमा आउनुपर्ने खर्बौं मूल्यको जग्गा हत्याउन भूमाफियाहरूले अर्बौं रुपियाँ खर्च गरेका थिए । सोमध्ये ठूलो रकम राजनीतिक नेतृत्वसमक्ष पुगेको ती सचिवले दाबी गरे।

के हो गिरीबन्धु टी स्टेट ?

भूमिसम्बन्धी ऐन २०२१ ले जमिन्दार तथा धेरै जमिन भएकाहरूबाट जमिन फिर्ता गर्न जग्गाको हदबन्दी तोक्यो । २०२१ सालमा लागू भएको उक्त कानुनले तराई, काठमाडौं उपत्यका र पहाडमा फरक–फरक हदबन्दी तोकिएको थियो।

तराईमा एक व्यक्ति र उसको परिवारको नाममा २५ बिघा जग्गा र घर बनाउनका लागि थप ३ बिघा गरी २८ बिघा जग्गा राख्न पाउने व्यवस्था गरियो भने काठमाडौंमा ५८ रोपनी र पहाडमा ९६ रोपनी जग्गा राख्न पाउने कानुनी व्यवस्था गरियो।

सोही कानुनले ठूलो मात्रामा कृषि उत्पादन गर्न, उद्योग र शैक्षिक संस्था खोल्नलगायत विभिन्न कामका लागि सरकारको स्वीकृतिमा हदबन्दीभन्दा धेरै जग्गा राख्न पाइने छुट पनि दियो । त्यसैको उपयोग गर्दै झापाका प्रेमप्रसाद, कृष्ण र त्रिलोचन गिरीले २०२१ अघि नै खोलेका गिरीबन्धु टी स्टेटका लागि चिया खेती गर्न भन्दै ३ सय ४३ बिघा १९ कठ्ठा जग्गा कम्पनीका लागि प्राप्त गर्न सफल भए।

कानुनअनुसार सो जग्गामा चिया खेतीमात्र गर्न पाइन्थ्यो । चिया खेती गर्न छोडपछि हदबन्दी छुट पाएको जग्गा कानुनतः सरकारको हुन्थ्यो । तर, पछिल्लो समय सोही जग्गालाई साटफेर गरेर बिक्री वितरण गर्न पाउने गरी प्रपञ्च रचिएको थियो ।

जग्गा माफियाकै योजनाअनुसार गिरीबन्धु टि स्टेटको खर्बौं मूल्यको सो जग्गा हत्याउन भू–उपयोग ऐन २०७६ मा संशोधन गरिएको थियो। त्यसमा हदबन्दी लागेका जग्गाहरू अन्यत्र सस्ता जग्गा दिएर साट्न पाइने व्यवस्था गरियो। सोहीअनुसार गिरीबन्धु टी–स्टेटको जग्गा हत्याउन भूमाफियाले योजना बनाएका थिए।

गिरीबन्धु टी–स्टेटको क्षेत्रफल ३४३ बिघा १९ कट्ठा १२ धुर छ। त्यसमध्ये ५१ बिघा २०६०/६१ सालमै सट्टापट्टा तथा बिक्री वितरण भइसकेको थियो । सर्वोच्चको फैसलासँगै यसअघि बिक्री भएको ५१ बिघा सो जग्गा पनि फिर्ता हुने भएको छ। केही जग्गा मजदुरलाई बाँडिएको छ । हाल गिरीबन्धु टि स्टेटको नाममा २ सय ८० बिघा मात्रै जग्गा रहेको छ।

पछिल्लो समयमा आर्थिक केन्द्रको रूपमा विकास हुँदै गइरहेको बिर्तामोडसँगै रहेको सो जग्गाको प्रतिधुर डेढ लाखदेखि ३० लाखसम्म चलचल्तीको मूल्य रहेको छ। एक कट्ठामा २० धुर र २० कट्ठाबराबर १ बिघा हुन्छ। यो हिसाबले ती जग्गाको मूल्य खर्बौं हुन्छ । हाल गिरीबन्धु टी–स्टेटका प्रमुख सञ्चालक छत्रबहादुर गिरी छन्।

अन्य सञ्चालकमा भरतलाल गिरी, त्रिलोचन (नन्दकिशोर) गिरी, श्याम गिरी, राजेश गिरी, प्रशान्त गिरी, रमेश गिरी, मंगलादेवी गिरी र भीमादेवी गिरी रहेका छन् ।

सर्वोच्चको फैसलासँगै अब सबै जग्गा सरकारको नाममा

भूमाफियाले हत्याउन खोजेको गिरिबन्धुको नाममा रहेको कुल ३ सय ४३ बिघा जग्गा अब स्वतः सरकारको नाममा आउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ २४ मा गिरीबन्धु टि स्टेटले हदबन्दीभन्दा बढी पाएको ३ सय रोपनी जग्गा सरकारको नाममा ल्याउन आदेश दिएसँगै सो जग्गा सरकारको नाममा आउने छ।

हदबन्दीसम्बन्धी जग्गा कुनै पनि बहनामा प्रयोगमा ल्याउन वा अरू प्रयोजनका लागि भन्दै अन्यत्र सार्न नपाउने व्याख्या सर्वोच्चले गरिदिएको छ। सर्वोच्चको सो पैmसलाले जग्गा हत्याउन गरिएका सबै चलखेलका ढोकाहरू सदाका लािग बन्द गरिदिएको छ।

सर्वोच्च अदालतले सो जग्गामा आफैं सर्त तोकिदिएको छ। यो फैसलाले अब देशभरका हदबन्दीभित्र परेका जग्गाहरू अन्य नाममा व्यक्तिले प्रयोग गर्न पूर्ण रूपमा रोक लागेको छ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी  ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

कश्मीरको पहलगाममा चार महिनामा ३ लाखभन्दा बढी पर्यटकको आगमन

रिननगर— भारतको कश्मीरमा रहेको प्रख्यात पर्यटकीय गन्तव्य पहलगाममा पछिल्लो चार महिनामा स्वदेशी तथा विदेशी पर्यटकसहित करिब तीन लाख पर्यटकको आगमन भएको छ।

पहलगाम विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी तारिक हुसैन नाइकले यस वर्षको पहिलो चार महिनामा ७,००० विदेशीहरू सहित तीन लाख भन्दा बढी पर्यटकहरूले पहलगाम भ्रमण गरे।

नाइकका अनुसार पर्यटकको चाप बढेपछि पहलगामका पर्यटन सम्बन्धित व्यवसायी हर्षित भएका छन् ।

पसल, पोनीवाला, होटेल व्यवसायीलगायतले यहाँको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध भएकाले आगन्तुकको चाप बढेकोमा सन्तोष व्यक्त गरेका छन् ।

पछिल्लो समय यहाँको होटेलको अकुपेन्सी दर बढिरहेको छ, होटल व्यवसायी जाकिर अहमदले भने, पहलगामका लगभग सबै होटलहरू जून महिनाको लागि पूर्ण रूपमा बुक भइसकेका छन्।

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ ।

सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो ।

विसं २०७८ बाट निर्माण सुरू गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्ममा झारिएको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका मानबहादुर थापाले बताए ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु २८ करोडमा बोलपत्र आह्वान गरेकामा रु १३ करोड ७१ लाख २९ हजारमा आयोजना निर्माण गरिएको उनले बताए । “आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटर रहेको छ”, उनले भने, “खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगे पनि घरघरमा पुर्याउन अझै केही समय लाग्नेछ ।”

चुलीमालिका बृहत खानेपानी आयोजना निर्माण भएमा खाँडाचक्र नगरपालिका–१ बाट चारसम्मका एक हजार तीन सय घरमा ‘एक घर एक घारा’को लक्ष्य राखेको नगरपालिकाका पूर्वप्रमुख जसीप्रसाद पाण्डेले बताए ।

सदरमुकाम मान्म बजारमा एक लाख २५ हजार लिटरका दुईवटा, ५० हजार लिटरका दुई, ४० हजार लिटरको एक र २५ हजार लिटरको एक गरी जम्मा छवटा ट्याङ्की रहेका र ती सबैमा पानी झारिने प्रालिका साइट सुपरभाइजर थापाले बताए ।

जहिले पनि खानेपानीको अभाव रहने मान्ममा चुलीमालिका बृहत् खानेपानी आयोजना नियमित रूपमा सञ्चालन भए यहाँका नागरिकलाई धेरै राहत हुने विश्वास लिइएको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । “अब सदरमुकाममा खानेपानीको अभाव झेल्नुपर्ने अवस्था छैन”, उनले भने “केही समय लाग्ला सबैले खानेपानीको सुबिधा पाउनु हुनेछ ।”

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको लगानी जोखिममा पर्नेछ। शिक्षामा गरेको लगानीबाट भने फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। पारिवारिक साथ मिल्नेछ।

वृषः हर्ष बढ्नेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा उत्साह बढ्नेछ।

मिथुनः आम्दानी राम्रो हुनेछ। व्यापारमा गरेको लगानीलेभन्दा स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने प्रगति हुनेछ।

कर्कटः आम्दानी बढ्नेछ। व्यापार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनेछ।

सिंहः समय राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। स्थिर रहदा परिवारको सहयोग मिल्नेछ।

कन्याः आज उत्साह बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यवहार गर्दा परिवारको साथ मिल्नेछ। हरेक क्षेत्रमा प्रगति हुने दिन छ।

तुलाः धेरै कमाउने भन्दा पनि जोगाउने कुराले सताउन सक्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा भन्दा कृषिमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

वृश्चिकः दिन राम्रो छ। श्रमले उचित मूल्य पाउनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नती हुनेछ। सोचेर मात्र लगानी गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

धनुः दिन राम्रो छ। हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक क्षेत्रमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सहयोग मिल्नेछ।

मकरः खर्च बढ्ने दिन छ। ठूलो लगानी नगर्नु राम्रो हुन्छ। शत्रु बढ्नेछन्। वैदेशिक रोजगारीले भने मत शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भः चञ्चल मन भएकाले अस्थिर हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। पारिवारिक क्षेत्रमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः सहयोग गर्ने भन्दा खुट्टा तान्ने र कुरा काट्नेहरु बढ्नेछन्। श्रम लगानी गरेको क्षेत्रमा उन्नती हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी बमबारी गरेको छ ।

सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ । इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।

जबलियामा ठूलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबीच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।

उही समयमा, गाजाको अर्को छेउमा, रफाह शहरमा लडाइ जारी छ । इजरायलले यहाँ हमासका कैयौँ अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमान्डरलाई मारेको दाबी गरेको छ ।