जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ९ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ९ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ११ घन्टा अगाडि
  • ११ घन्टा अगाडि

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले चालु आवको साउनदेखि वैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो ।

सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए।

त्यस्तै सो अवधिमा भएका दुई सय ६० वटा सवारी दुर्घटनाबाट एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी एक सय ४५ जनाको मृत्यु भएको तथा चार सय ५५ जना घाइते भएको उनले जानकारी दिए।

उनका अनुसार सो अवधिमा एक सय ७५ मोटरसाइकल, ४४ जिप(कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा , १६ टेम्पो, १४ ट्रक(ट्यांकर, सात टिपर, सात माइक्रो, तीन वटा डोजर र चार अन्य गरी तीन सय ३८ वटा सवारी दुर्घटनामा परेका हुन् ।

गत आव २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको थियो ।

सोही वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु, एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए। चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेटलगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ ।

संसद् सधैँ बन्धक बन्न नसक्ने सभामुख घिमिरेको भनाई

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौँथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उनले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिए ।

 

राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको समाजवादीका अध्यक्ष नेपालको आरोप

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् । शनिवार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए । उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप समेत लगाए ।

उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको भन्दै देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको बताए ।

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए । म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए। थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ ।

“सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ”, प्रमुख इन्जिनियर यादवले भने, “त्यसैले पाँच महिनाको समय थप गरेका हौँ ।” जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब सात सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ । पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ ।

विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो । सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादी नदीको पुलबाहेक रु ६ अर्ब २१ करोडमा ठेक्का पाएको हो । मादी नदीमा तीन सय १५ मिटर लम्बाइको पुल निर्माण गर्न रु एक अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ । यस खण्डमा भत्काउनुपर्ने पाँच सय पाँच घरमध्ये अधिकांश भत्काइ सकिएको आयोजनाले जनाएको छ ।

पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको हो ।

एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ । बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ । अति जनघनत्व रहेका क्षेत्र दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ ।

विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५० औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका छन् ।

सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए । हालसम्म पनि उनको नेतृत्व जारी छ । तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा सात बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म बागमती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान शनिबारदेखि ५७५ औँ हप्तामा प्रवेश गर्दैछ ।

बागमती हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।

महाअभियान १२ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि दुई वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी डा माला खरेल फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछन् ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको भएपनि स्थानीय सरकारको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ ।

महाअभियानले १२ औँ वर्ष प्रवेशको कार्यक्रम विशेषरुपमा गर्न लागेको जनाइएको छ । यसअघिका कार्यक्रम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा गर्ने गरिएकामा यसपटक भने अभियानकर्मीकै समूहले गर्न लागेको अभियानकर्मी खरेलले सुनाए । तिलगङ्गा आँखा अस्पतालसँगैको चौरमा हुने कार्यक्रममा सबै पेशा, व्यवसाय र क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।

जनकपुर-जयनगर आजदेखि तीन दिन बन्द

काठमाडौं।जनकपुर-जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्मका लागि बन्द भएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले विज्ञप्ति जारी गरी जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिए।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते पर्सि लोकसभाको निर्वाचन हुँदैछ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिएको विज्ञप्तिमा भनिएको छ ।

यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारीहरू नै नक्कली लाइसेन्स बनाउने कार्यमा लागेपछि….

काठमाडौं । काठमाडौँको यातायात व्यवस्था विभागका  कार्यरत कर्मचारीहरूले नै नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न फेला परेपछि अनुसन्धान थालेको सिआईबीले गैरकानुनी कार्यमा लागेका व्यक्तिहरूलाई धमाधम  नियन्त्रणमा लिँदै आएको छ । नक्कली लाइसेन्स प्रकरणमा सीआईबीले शङ्का लागेपछि अनुसन्धान  अगाडी बढाएको थियो । २०८० असारमा शशाङ्क बस्यालले चलाएको कारले स्थायी ठेगाना स्याङ्जा भएका  पैदल यात्री कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएपछि  बस्याललाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान अगाडी बढाएको थियो ।

‘ दुर्घटनापछि बस्यालले ए’ र ‘बी’ वर्गको (मोटरसाइकल र कार) लाइसेन्स पेस गरेर छुटे । बस्यालसँग मोटरसाइकलको मात्रै लाइसेन्स रहेको र दुर्घटना भएपछि बिचौलियामार्फत लाइसेन्स खरिद गरिएको सूचना पाएको  सीआईबीले अनुसन्धानका क्रममा  ‘बी’ वर्गको लाइसेन्स भएका शिवपूजन मलाहलाई केही रकम दिएर उक्त लाइसेन्स बस्यालको नाम र ठेगानामा जारी भएको अनुसन्धानबाट पुष्टि गरेको छ ।

शिवपूजनको नम्बरको लाइसेन्समा  विवरण  बस्यालको राखेर यातायात कार्यालय बुटवलबाट १३ असार २०८० ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स जारी भएको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । बस्यालका लागि ‘बी’ वर्गको लाइसेन्स बनाउने मुख्य योजनाकार आइटी इन्जिनियर हरिश भट्ट रहेको सीआईबीले निष्कर्ष निकालेको छ । सीआईबीका अनुसार उक्त समूहले अन्य व्यक्तिको पनि नक्कली लाइसेन्स बनाएको छ ।

 सीआइबीले नक्कली लाइसेन्स बनाएर लाखौँ रकम  आर्जन गर्दै आएका ११ जनालाई नियन्त्रमा लिइसकेको छ। अहिले उनीहरु अनुसन्धानकै क्रममा हिरासतमा रहेका छन् । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

गत वर्षको साउनमा उद्धवप्रसाद रिजाल महानिर्देशक बनेपछि यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स प्रकरणबारे छानबिन समिति गठन गरेर अनुसन्धानलाई अगाडी बढाइएको थियो  ।  विभागका उपसचिव रेग्मी नेतृत्वको समितिले १ लाखभन्दा बढी लाइसेन्स प्रक्रिया पुरा नगरी  जारी गरेको तथ्याङ्कले पुष्टि गरेको सिआईबीले जनाएको छ ।

 वैशाख १५ बाट सीआईबीले पक्राउ सुरु गरेको थियो । २५ वैशाखमा सीआईबीले सूर्यकुमार चौधरी, वसन्त पाण्डे,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आइटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमा करार इन्जिनियरको रूपमा कार्यरत हरिश भट्टलाई पक्राउ पक्राउ गरेको थियो ।

चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् । यस्तै  बिहीबार काठमाडौँको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् यस्तै गत बुधबार इलाका प्रशासन कार्यालय सल्यानमा कार्यरत कम्युटर अपरेटर (नासु) गणेश भण्डारी पक्राउ परे ।  यस्तै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई

 पनि सीआईबीले नियन्त्रणमा लिएको छ ।  अर्याल, भट्ट र पाण्डे तीन कर्मचारी पक्राउ परेपछि नक्कली लाइसेन्स लिनेहरू लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोलालाई पनि सीआईबीले पक्राउ गरेको थियो ।

अहिलेसम्म शाखा अधिकृतसहित ५ बहालवाला कर्मचारी, १ पूर्वकर्मचारी, १ बिचौलिया र ४ नक्कली लाइसेन्स लिने गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको सीआईबीले जनाएको छ । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले सम्भवतः आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सीआईबीको छ ।नक्कली लाइसेन्स बनाउनेमा उनीहरूको भूमिका देखिएपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 हिरासतमा रहेकामध्ये प्रदीप सुनारको नाममा एकान्त कुनामा विगत १० वर्षदेखि वेलकम ड्राइभिङ सेन्टरसमेत सञ्चालनमा रहेको छ । सुनारले हाल हिरासतमा रहेका यातायातका आइटी इन्जिनियर भट्टसँग मिलेर ड्राइभिङ सेन्टर खोलेको अनुसन्धानको निष्कर्ष रहेको छ  । करार आइटी इन्जिनियरको रूपमा १२ वर्षदेखि यातायात कार्यालयमा कार्यरत रहेका भट्टमार्फत नै विना ट्रायल नै लाइसेन्स उपलब्ध हुँदै आएको थियो ।

 यातायात व्यवस्था विभागका उपसचिव तथा आइटी विभागका प्रमुख मुकेश रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमाथि अर्को पनि अनुसन्धान थाल्ने सीआईबीको तयारी छ । प्रदेशहरूमा ट्रायल परीक्षा सञ्चालन नगर्ने, ट्रायलको मिति अगाडि–पछाडि गरिदिने र ट्रायल नै नदिई लाइसेन्स दिनेसम्मको काममा विभागको कमजोरी देखिएको छ ।

थाइल्याण्डमा चिनियाँ इलेक्ट्रिक भेहिकल (ईभी)को विक्री घटेपनि मूल्यमा कडा प्रतिस्पर्धा

बैंकक— थाइल्यान्डको इलेक्ट्रिक भेहिकल (ईभी) बजारमा कडा प्रतिस्पर्धा र घट्दो बिक्रीको सामना गरिरहेको चिनियाँ अटोमेकरहरूले आफ्नो लागि ठाउँ बनाउन संघर्ष गरिरहेका छन्।

यस वसन्तमा, थाई ग्राहकहरूलाई आकर्षित गर्ने प्रयासमा, थाइल्याण्डको बैंककमा भएको अन्तर्राष्ट्रिय अटो शोमा चिनियाँ अटो निर्माताहरूले आफ्ना ईभीहरू प्रदर्शन गरेका छन् ।

सहभागीहरूमध्ये चाङ्गान अटोमोबाइल, बीवाईडी, ग्रेट वाल मोटर कम्पनी लिमिटेड, डोङ फेङ मोटर कर्पोरेशन, साङ्घाई अटोमोटिभ इन्डस्ट्री कर्पोरेशन, निओ, एक्सपेङ, लीप मोटर, होजोन, गिली, जेएसी र अन्य जस्ता कम्पनीहरू थिए। यी चिनियाँ अटोमेकरहरूले प्रयोग गरेको आक्रामक मूल्य निर्धारण रणनीतिहरूको बावजुद, तिनीहरूका गाडीहरूले अझै थाई उपभोक्ताहरू बीच उल्लेखनीय आकर्षण हासिल गर्न सकेका छैनन्।

थाई बजारमा ईभी को बिक्री सुस्त रहेको छ, जसले यी चिनियाँ कम्पनीहरूको महत्वाकांक्षी योजनाहरूमा छायाँ परेको छ।

उक्त मोटर शोमा बीवाईडी ले ९,००,००० भाटको मूल्य ट्यागको साथ आफ्नो फ्ल्यागशिप एट्टो ३ स्पोर्ट्स युटिलिटी भेहिकल लन्च गर्‍यो, जसमा बीवाईडी को फ्ल्यागशिप कारको लागि कुनै खरिदकर्ता नभए पनि हालको मोडलको तुलनामा १८ प्रतिशत अनुदान समावेश थियो।

बीवाईडी ले यसको इलेक्ट्रिक सेडान र ह्याचब्याक कार मोडेलहरूमा पनि छुट प्रदान गरेको छ। तर उक्त मोटर शोमा चिनियाँ कार निर्माताले कुनै अर्डर पाएनन्। यसले दुईवटा कुराहरू देखाउँछ— थाई ग्राहकहरू चिनियाँ कार निर्माताहरूमा भर पर्दैनन् किनभने तिनीहरू यस क्षेत्रमा नयाँ छन्। जसका कारण थाई ग्राहकले चिनियाँ कार निर्माता कम्पनीबाट दूरी कायम गरिरहेका छन् ।

गत वर्ष, चाङ्गन अटोमोबाइलले थाई बजारमा प्रवेश गरेको थियो र त्यसपछि लुमिन, माइक्रो—इभी ल्याएको छ। त्यस्तै, होजोन न्यू एनर्जी अटोमोबाइलको ईभी ब्रान्डले लगभग ५५०,००० भाट मूल्यको कम्प्याक्ट कार सार्वजनिक गरेको छ, जुन बीवाईडी को डल्फिन कम्प्याक्ट भन्दा झण्डै ३० प्रतिशत सस्तो छ।

हालैका वर्षहरूमा थाई बजारमा एक दर्जनभन्दा बढीले डेब्यु गरेसँगै गृह बजारमा चिनियाँ कार उत्पादकहरूबीचको तीव्र प्रतिस्पर्धाको परिणाम हो।

थाई अटो बजारको हाई—स्टेक गेममा, चिनियाँ अटोमेकरहरू सीमित सेयरको लागि दौडिरहेका छन्, जबकि हाइब्रिड मोडेलहरूसँग पनि प्रतिस्पर्धा गरिरहेका छन् जहाँ टोयोटा मोटर जस्ता जापानी प्रतिद्वन्द्वीहरू माथिल्लो हातमा छन्। थाई उपभोक्ताहरू जापानी कार निर्माताहरू तर्फ बढ्दै गएका छन्, तिनीहरूको लामो समयदेखिको प्रतिष्ठा र विश्वसनीयताले आकर्षित भएका छन्, जसले तिनीहरूका चिनियाँ समकक्षहरूलाई पछाडी पार्छन्।

जापानी कार निर्माताहरू आफ्ना चिनियाँ समकक्षहरू भन्दा बढि छन् । चिनियाँ अटो निर्माताहरूले थाइल्यान्डमा आफ्नो गढ बनाउन कडा प्रयास गरिरहेका छन् तर जहाँसम्म चिनियाँ कार निर्माताहरूको विश्वसनीयताको सवाल छ भने तिनीहरू जापानी अटो निर्माताहरूभन्दा पछाडि छन्। यसले थाई बजारमा आफ्नो प्रवेशको बाबजुद चिनियाँ कार उत्पादकहरूले अगाडि चुनौतीपूर्ण यात्रा सामना गर्ने सम्भावना रहेको संकेत गर्छ।

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः खर्च बढ्नेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले खुसी पार्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ।

वृषः समय राम्रो छ। साथीभाइसँग भेटघाट हुनेछ। मिठो खान पाइने छ। पारिवारिक सुख मिल्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साहित हुनेछ।

मिथुनः राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा लाभ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कटः कुरा काट्नेहरु सक्रिय छन्। ठुलो लगानी नगर्नु उपयुक्त हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। कृषिमा गरेको लगानीले फाइदा दिनेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

सिंहः शिक्षामा उन्नति हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। स्वास्थ्यमा गडबढी हुने देखिन्छ। पारिवारिक झमेला हुनेछ।

कन्याः समय राम्रो छ। आम्दानी बढ्नेछ। मनमा हुने बेचैनीले तनाव बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुलाः खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः आम्दानी बढ्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ। कम बोल्नु राम्रो हुनेछ।

धनुः समय राम्रो छ। दीर्घकालीन योजना बनाएको राम्रो हुन्छ। सामाजिक क्षेत्रमा नाम, व्यापारमा दाम र स्वास्थ्यमा आराम हुने दिन छ। पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ। बोलीले मित्रसँगको सम्बन्धमा खटपट आउनेछ।

मकरः झुटो आरोप लाग्नसक्छ। आफन्तबाट घात हुने योग छ। ठूला योजना नबनाएको राम्रो। पारिवारिक सहयोग भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः महत्तवपूर्ण काम गर्नु अगाडि विज्ञसँग सुझाव लिनु राम्रो हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

मीनः चुनौतीको सामना गर्नुपर्नेछ। सफलता मिल्नेछ। सबै क्षेत्रमा गरेको लगानीबाट सामान्य लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। नसोचेका व्यक्तिबाट सहयोग मिल्नेछ। परिवारको साथ रहनेछ।

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् ।

इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले आज पठाएको समवेदना सन्देशमा उल्लेख छ । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्तावेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।

इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका कृति एवं कैयौँ अनुसन्धान तथा खोजमूलक लेखरचना चिरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका हुन् ।

राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गरेक‍ा छन् ।

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।

पोखरा महानगरपालिका–२६ को सहयोग र वडा कृषि सञ्जालको संयोजनमा विभिन्न कृषक समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको हो । वडा कृषि सञ्जालको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा, महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् ।

कृषकलाई पाँच थान हाते ट्याक्टर, एक सय १० वटा प्लास्टिक त्रिपाल, ४६ वटा प्लास्टिक टनेल, एक सय ८० बाउसा, सात स्प्रे मेसिन, छ वटा तौल जाँच्ने मेसिन हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ । वडाध्यक्ष थापाले उत्पादनमा जोड दिँदै कृषि सञ्जालसँगको समन्वयमा ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको बताए । सकेसम्म सबै क्षेत्र र समुदायमा समेट्ने गरी वितरण गर्न खोजिएको बताउँदै उनले प्राप्त सामग्रीलाई अधिकतम उपयोग गर्दै उत्पादनमा वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

महानगरका कृषि महाशाखा प्रमुख कडरियाले यहाँका किसानलाई उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदान सहयोगका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । अनुदानमा प्राप्त सामग्रीको अधिकतम उपयोगसँगै सामूहिकरुपमा प्रयोग गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । कृषकलाई लक्षित गरी महानगरले विभिन्न कृषिजन्य उत्पादनको समर्थन मूल्यसमेत तोकेको बताउँदै कडरियाले खाली जग्गा नराख्ने गरी कृषकले उत्पादनमा क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।

वडा कृषि सञ्जालका संयोजक केशवराज ढुङ्गानाले अनुदानमा वितरित सामानको बहु उपयोग गर्दै अधिकतम फाइदा लिनुपर्नेमा जोड दिए । लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, सिलिङ्गे कृषि सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, सञ्जालका सहसंयोजक देवी ढुङ्गाना, पशुसेवा केन्द्र लेखनाथका प्रमुख विश्वनाथ गौतम, कृषि सेवा केन्द्रका अधिकृत रामचन्द्र पौडेललगायतले अनुदानमा वितरित सामग्रीको बहु उपयोग गरी उच्च प्रतिफल लिनुपर्नेमा जोड दिए ।

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ ।

प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ ।