जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • ९ घन्टा अगाडि

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा– चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही गाउँपालिका-२ झगडेस्थित कागुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस्

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारण सभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरे ।

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । त्यस्तै उनले विद्युत् निर्यात मात्रै नभई स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गरे । उनले तेस्रो लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसले लगानी भित्र्याउनका लागि स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको जिकिर गरे ।

उनले लगानी प्रवर्द्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुबिधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको स्पष्ट पारे । त्यस्तै इप्पानका पूर्व अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् प्राधिकरणबाहेक अरूले विद्युत् खरिद र बिक्री गर्ने भएकाले अरूले पनि खरिद र बिक्री गर्न सक्ने गरी ढोका खोल्नुपर्ने बताए । उनले सरकारले बनाएको नीति कार्यान्वयनमा सरकारले ध्यान दिन नसकेको धारणा राखे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई अभिनन्दन गरिएको थियो ।

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरूले अस्वीकार गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक आइतबार १: १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद् बैठकमा विपक्षी नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले संसद् भिडन्त गर्ने ठाउँ नभएको उल्लेख गरे । उनले पत्रकारहरूसँग कांग्रेसले उत्ताउलोपन देखाएको पनि बताएका छन् । आफू बसेको ठाँउमा कांग्रेस सांसदहरू आएर अनेक अपशव्दहरु बोलेको र असभ्य व्यवहार देखाएको ओलीले बताएका छन् ।

सरकारबाट हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसदहरू आक्रोशित भएर खनिएको हुनसक्ने टिप्पणी ओलीले गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले छलफलमा बोलाए कांग्रेस नेताहरुलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयास स्वरुप उनले संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेसलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुकी ६ बजेका लागि बालुवाटारमा बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्रीले छलफलका लागि बोलाएको पुष्टि गरे ।‘छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको भन्ने कुरा सुन्नमा आएको छ,’ उनले  भने ।

यसअघि कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

धनकुटा– ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने २९ वर्षीय होमराज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले फेसबुक मार्फत चिनजान गरी ती महिलालाई विभिन्न प्रलोभन देखाई घुमफिर गर्न जाऊँ भनी धनकुटा महालक्ष्मी नगरपालिका-९ टुनिबोटेस्थित कटेरो घरमा लगेर वैशाख २९ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जितपुर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल पर्सा वीरगंजमा घुमफिर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले रुसलाई हतियार दिएको दाबीलाई अस्वीकार गरेकी छन् ।

उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले रुसलाई हतियार दिने कुरा बेतुक भएको बताएकी हुन् । जोङले भनिन्, ‘उत्तर कोरियाले देशको सुरक्षाका लागि हतियार बनाएको हो, अरु कुनै देशलाई बेच्न होइन ।’

किमकी बहिनीको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले ३ रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । उनलाई उत्तर कोरिया र रुसबीच हतियार सम्झौता गरेको आरोप लागेको थियो । संयुक्त राष्ट्र (संयुक्त राष्ट्र) ले उत्तर कोरियाको हतियार खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ। अमेरिका र पश्चिमी देशहरूले लगातार रुसले उत्तर कोरियाबाट सैन्य प्रविधि र आर्थिक सहायताको बदलामा युक्रेन युद्धका लागि तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारहरू खरिद गरेको आरोप लगाउँदै आएका छन् ।

यस अघि दक्षिण कोरियाले मार्चमा दावी गरेको थियो कि उत्तर कोरियाले जुलाई २०२३ देखि मार्च २०२४ सम्म हतियारले भरिएका ७ हजार कन्टेनर रुस पठाएको दाबी गरिएको थियो । बदलामा ९ हजार रुसी कन्टेनर उत्तर कोरिया आएको समेत बताइएको थियो । यी खाद्यान्न अभावबाट पीडित उत्तर कोरियालाई सहयोग गर्ने वस्तु भएको दाबी गरिएको थियो।

यसैबीच वाशिङ्टनमा बसेका विज्ञहरूले उत्तर कोरियाले हतियार पठाउने बदलामा स्याटलाइट प्रविधि प्राप्त गरेको दाबी गरेका छन् । उत्तर कोरियाले हालै आफ्नो सेनाका लागि २४० एमएमको रकेट लन्चर बनाउने बताएको थियो, जसले आफ्नो युद्ध लड्ने क्षमता बढाउनेछ ।

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसुर मुद्दामा बल बहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्‍चात् एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो । यसै गरी विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्युरोबाट अनुरोध भएपश्‍चात् एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठकले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठकले समिति गठनका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय समिति गठन हुनुपर्नेमा प्रतिपक्षी दलहरू एकमत भएका जानकारी दिए । ‘छानबिन समिति बन्नु पर्छ भन्नेमा हामी एकमत छौँ,’ उनले  भने, ‘सभामुख तटस्थ देखिनु भएन । समिति गठनका लागि सभामुखको ध्यानाकर्षण गराउँछौँ ।’

बैठकमा राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउनु पर्ने प्रस्ताव गरेको पनि उनले बताए ।

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेलाई सारिएको हो ।

यस अघि सत्ता पक्ष र विपक्षी दलहरू आआफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको बैठक बसेको छ भने कांग्रेसले संसद्‌मा रहेका विपक्षी दलहरूसँग समेत छलफल गरेको छ ।

मुख्यमन्त्रीलाई मत दिने नाउपका दुई सांसद कारवाहीमा

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारवाही गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारवाही गर्ने जनाएको हो ।नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गरिने नाउपाका मुख्य सचेतक खुशीराम थारुले बताए । उनीहरु दुवै जनाले दलको ह्विपलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

विश्वासका मत दिएका दुवै जना प्रदेश सभा सदस्य सत्तापक्षको बेन्चमा र सरकारको विपक्षमा रहेका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बसेका थिए । उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दुवै सदस्य नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर हुन् भने सरकारको विरोधमा रहेका पाँच जना सदस्य भने संरक्षक रेशमलाल चौधरी पक्षधर रहेका बताइएको छ