जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ६ घन्टा अगाडि
  • ६ घन्टा अगाडि

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ नियन्त्रणमा लिएको छ।

गहुँसँगै ठूलो परिणाममा भन्सार छलीको सामान नियन्त्रणमा लिएको प्रहरीले हो। जिल्लाको बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। ३६१ बोरा गहुँ, एक सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सामान भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । सामान ढुवानीमा संलग्न भने फरार छन्। त्यस्तै कञ्चनपुर प्रहरीले बैशाख ११ र १२ गते दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मूल्यको अवैध सामान आफ्नो नियन्त्रणमा लिएको थियो।इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मूल्यको भन्सार छलीको सामान बरामद गरेको थियो।

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता गठबन्धनविरुद्ध मोर्चा कस्ने रणनीति बनाएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तारुढ नेकपा एमालेका सांसदहरूसँग घम्साघम्सी भएपछि कांग्रेसले विपक्षीहरूलाई एकै ठाउँ ल्याउने रणनीति बनाएको हो । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे संसदीय छानबिनका लागि सत्तापक्ष तयार नभएपछि कांग्रेसले नयाँ रणनीति बनाउँदै विपक्षीको मोर्चा कस्न लागेको हो ।

त्यसकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबारमा विपक्षी दलको बैठक राखेका छन् । विपक्षी दलहरू बैठकमा ब्यस्त भएपछि बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि धकेलिएको छ । बैठकमा भर्खरै सत्ताबाट बाहिरिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । उनीसँगै सांसद राजकिशोर यादव पनि बैठकमा छन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी छन् । यो बैठकमा बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । यो बैठकमा देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाएका थिए । तर पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट उनी प्रतिपक्षीको बैठकमा गएनन् ।

कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने अडान राखेको छ । तर सत्तापक्ष कांग्रेसको मागमा सहमत छैन । उसले समग्र सहकारीको समस्याबारे छानबिन हुनुपर्ने बताउँदै कांग्रेस व्यक्तिकेन्द्रित राजनीतिमा लागेको आरोप लगाइरहेको छ । त्यहीकारण संघीय संसद्का दुवै सदन अवरुद्ध छन् ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन करिब सहमति भएको थियो । तर, सहमति भाँडियो । बिहीबार प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्रीले सदनको अवरोध हटाउन कांग्रेसको मागअनुसार संसदीय छानबिन समिति बनाउने निर्णयमा पुगेका थिए ।

छानबिन समितिको मस्यौदा बनाउन कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्लेलाई लगाइएको थियो । तर दुवै पक्ष एकअर्काले बनाएको मस्यौदामा सहमत नहुन संसद्‍मा तनाव बढ्यो ।

रास्वपासँग भएको सहमतिका यी ३ बुँदा, जसलाई कांग्रेसले अस्वीकार गरेको दाबी

काठमाडौं – सहकारी ठगी प्रकरणलाई लिएर एक महिनायता नेपाली कांग्रेसको घेराबन्दीमा परिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सहमतिको ड्राफ्टका तीन बुँदा सार्वजनिक गरेको छ ।

रास्वपाले सहमतिका लागि तयार पारिएको ड्राफ्टमा ती तीन बुँदालाई कांग्रेसले अस्वीकार गरेको पनि दाबी गरेको छ । रास्वपा सांसद शिशिर खनालले बिहीबार बिहानै दुई दलबीच बसेर सहमतिको ड्राफ्ट तयार पारिसकेको अवस्थामा कांग्रेस पछि हटेको दाबी गरेका छन् ।

उलने कांग्रेस सहमतिको बिन्दुबाट पछि हटेकाले कुरो बिग्रिएको पनि जनाएका छन् । ‘लामो समयदेखि चलिहेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी चाहन्थ्यौँ । संसद्‍मा लागेको आरोपबारे कम्तीमा पार्टी सभापति तथा गृह मन्त्री रवि लामिछानेले बोल्न पाउन पर्छ हाम्रो न्यूनतम् अडान हो’, उनले भनेका छन्, ‘त्यसबाट आवश्यक परे समितिसम्मको बाटोमा जान सकिन्छ भन्ने थियो ।’

त्यहीअनुसार बिहीबार बिहान नेपाली कांग्रेसका तर्फबाट एकजना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा ‘मोटो समझदारी’ बनेको खुलासा पनि खनालले गरेका छन् ।

‘यही आधारमा अगाडि बढ्न सकेको भए सायद संसदमा हिजो देखिएको ‘धकेलाधकेल’को परिस्थितिमा हामी पुग्दैन थियौँ’, खनालले थपेका छन्, ‘तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा ‘इगो’को बाटोमा गयो ।’

खनालले सहकारी ठगी प्रकरणमा आफूहरू सहमत भएको अवस्थामा कांग्रेसले अस्वीकार गरेका बुँदा पनि सार्वजनिक गरेका छन् । जसमा सहकारी संस्थाहरूमा देखिएका संकटको समाधानार्थ संसदीय समिति बनाउनेसहित छन् ।

के थिए ती तीन बुँदा ?

१.⁠ ⁠सहकारी संस्थाहरूमा देखिएको संकटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।

२.⁠ ⁠विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायत सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने ।

३.⁠ ⁠अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाहीसम्बन्धी सुझाव र सिफारिस गर्ने ।

जुडाकाका आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरीको ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं। ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।

पीडितहरूलाई दैनिक प्रयोग हुने भाँडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरबारविहीन भएका नागरिकहरूलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरूमा रहेका छन् ।

यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिन्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जलेर नष्ट भएको बताईएको थियो ।

राष्ट्र बैंकमा आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा दिने व्यवस्थामा पुनरावलोकन योजना ल्याएको छ ।राष्ट्र बैंकले घर र गाडी खरिद गर्नका लागि केन्द्रीय बैंकले सजिलो नीति अख्तियार गर्ने भएको छ ।

मौद्रिक नीति समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले घरजग्गा खरिद प्रयोजनमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरेको छ । त्यसका लागि कर चुक्ता प्रमाण पेस गरेपछि ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने पनि मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा किन्नेले आम्दानीको ७० प्रतिशतसम्म बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीमा प्रयोग गर्न पाउने भएका छन् ।

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि प्रतिनिधि सभाको बैठक केही समयलाई सरेको छ ।
बिहीबार तनावबीच स्थगित भएको बैठक संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने गरि बोलाएको थियो ।
तर नेपाली कांग्रेस विपक्षी दलहरूसँगको छलफलमा व्यस्त भएपछि प्रतिनिधि सभाको बैठक केही समयलाई सरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

बिहीबार अपरान्ह ४ बजेपछि बसेको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएका थिए। त्यही बेला सभामुख देवराज घिमिरेले बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि सत्ता र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको थियो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुदै छ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्स प्लेअफको दौडबाट बाहिरिइसकेको छ । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ । आजको खेलको नतिजाले मुम्बईलाई कुनै असर पर्दैन ।

त्यस्तै लखनउ सुपर जाइन्टले आजको खेलमा फराकिलो अन्तरको जित हासिल गरेमा प्लेअफको दौडमा रहेपनि अलि असम्भव देखिन्छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् । त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ । साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ ।

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसदमा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि संकटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्यांकहरू सडकमा गस्ती गरिरहेका छन्।

फ्रान्सेली न्यूज च्यानल फ्रान्स २४ का अनुसार फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयक अन्तर्गत न्यु क्यालेडोनियाका मूल निवासी बाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ ।

यसै सन्दर्भमा त्यहाँका तीन नगरपालिकामा ५ हजारभन्दा बढी आन्दोलनकारी विधेयकको विरोध गरिरहेका छन् । न्यू क्यालेडोनिया एउटा टापु हो । आन्दोलनकारीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएका कारण अत्यावश्यक सेवा ठप्प भएको छ ।

आन्दोलनकारीले सहरका पसलमा लुटपाट गर्न थालेका छन् भने धेरै पसलमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले अब फ्रान्सबाट अलग हुन चाहेको बताएका छन् । विगत केही वर्षदेखि न्यु क्यालेडोनियाका जनताले छुट्टै देशको माग गर्दै आएका छन् । आन्दोलनकारीलाई रोक्न त्यहाँ १ हजार ८ सय प्रहरी मात्रै छन् । दंगा रोक्न सरकारले टिकटकमा पनि प्रतिबन्ध लगाएको छ ।

यी दंगाको असर छिमेकी देश अष्ट्रेलियामा पनि देखिएको छ । अस्ट्रेलियाका विदेश मामिला मन्त्री पेनी वोङले मानिसहरूलाई न्यू क्यालेडोनिया नजान अपील गरेका छन् ।

ब्रिटिश नाविक जेम्स कुक पहिलो पटक व्यापार गर्ने उद्देश्यले १७७४ मा न्यू क्यालेडोनिया पुगेका थिए । त्यसपछि उनले त्यहीँबाट व्यवसाय गर्न थाले । फ्रान्सेली नाविक एन्टोइन डे ब्रुनी पनि व्यापार बढाउन त्यहाँ पुगेका थिए ।

१८४१ मा, बेलायतको लन्डन मिसनरी सोसाइटीले त्यहाँ आफ्नो शिविर स्थापना गर्यो । त्यतिबेला फ्रान्स र बेलायतबीच सकेसम्म धेरै देशहरू कब्जा गर्ने प्रतिस्पर्धा थियो । यस कारणले गर्दा, फ्रान्सले १८४३ बाट त्यहाँ आफ्नो नौसेना पठाउन थाले । यसपछि दुवैबीच युद्ध भयो र सन् १८५३ मा फ्रान्सले सम्पूर्ण टापु कब्जा गर्यो । त्यसबेलादेखि आजसम्म यो फ्रान्सेली कब्जामा छ ।

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले विहीबार संसदमा उत्पन्न भएको तनावको जवाफदेही सभामुख देवराज घिमिरे रहेको निष्कर्ष निकालेको छ । साथै कांग्रेसले संसदमा रहेका सबै विपक्षी पार्टीहरुसँग संयुक्त बैठक बस्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै सभापति शेरबहादुर देउवाको कार्यकक्षमा अहिले विपक्षी दलहरुको संयुक्त बैठक शुरु भएको छ । संयुक्त बैठकमा कांग्रेस, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी लगायतको सहभागिता छ ।

संसदीय दलको बैठकबारे जानकारी दिँदै कांग्रेसका एक सांसदले भने,‘रवि लामिछानेलाई संसदमा बोल्न दिन्छौं भनेर हामीले पहिले देखि नै भन्दै आएको कुरा हो । तर, उनले बोलेपछि हामीले बोल्न पाउनुपर्छ ।’

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ ।

लेखकका अनुसार कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ । सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए । कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताए ।