जोडिनुहोस

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

मधेस प्रदेशमा आइतबार नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि यादव संघीय सरकारबाट बाहिरिएका हुन् ।

यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ जारी रहँदा धेरै टिमले कुल १४ मध्ये १२ वटा खेल खेलिसकेका छन्। अहिलेसम्म ११ सय ५ वटा छक्का र १९ सय १३ वटा चौका प्रहार भएका छन्।

सनराइजर्स हैदरावादका अभिषेक शर्माले सबैभन्दा बढी ३५ वटा छक्का प्रहार गरेका छन्। उनले १२ खेलमा दुई अर्धशतक बनाउँदा अहिलेसम्म सबैभन्दा बढी छक्का प्रहार गरेका हुन्।

अभिषेक शर्मा ।

रोयल च्यालेन्जर्स बंग्लोरु (आरसिबी)का विराट कोहली सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। १३ खेल खेलेका उनले ३३ वटा छक्का प्रहार गर्दा एउटा शतक र पाँच अर्धशतक बनाएका छन्।

कोलकाता नाइट राइडर्सका सुनिल नारायन ३२ वटा छक्का प्रहार गर्दै यो सूचीमा तेस्रो नम्बरमा छन्। १२ खेल खेलेका उनले एक शतक र तीन अर्धशतक बनाउँदा ३२ वटा छक्का प्रहार गरेका हुन्।

विराट कोहली ।

सनराइजर्स हैदरावादका ट्रेभिस हेड, हैदरावादकै हेनरिक क्यालसन र राजस्थान रोयल्सका रियान परागले समान ३१-३१ वटा छक्का प्रहार गरेका छन्। रनरेटको आधारमा ११ खेलमात्र खेलेका हेड अगाडि छन्।

दिल्ली क्यापिटल्सका जेक फ्रेजर म्याकगुक र चेन्नई सुपर किंग्सका शिवम दुवेले समान २८-२८ वटा छक्का प्रहार गरेका छन्। दिल्लीका फ्रेजरले मात्र ८ खेलमा २८ छक्का प्रहार गर्दा चार अर्धशतक बनाएका छन्। दुवेले भने १३ खेलमा २८ छक्का प्रहार गर्दा तीन अर्धशतक बनाएका छन्।

आरसिबीका रजत पाटीदारले २७ वटा छक्का प्रहार गरेका छन्। १३ खेल खेलेका उनले पाँच वटा अर्धशतक बनाउँदा २७ वटा छक्का प्रहार गरेका हुन्। दिल्ली क्यापिटल्सका ऋषभ पन्तले १२ खेलमा २५ वटा छक्का प्रहार गर्दा तीन अर्धशतक बनाएका छन्।

सुनिल नारायन ।

निकोलस पुरन र फिलिप साल्टले २४-२४ वटा छक्का प्रहार गर्दा ट्रिस्टन स्टब्सले २२, दिनेश कात्तिक र शशांक सिंहले समान २१-२१ वटा छक्का प्रहार गरेका छन्।

रोहित शर्मा २०, तिलक बर्मा १९, विलियम ज्याक्स, सूर्यकुमार यादव र रितुराज गायकवाडले समान १८-१८ वटा छक्का प्रहार गरेका छन्।

नितिशकुमार रेड्डी र फाप्लु डि प्यालेसिसले १७-१७ वटा छक्का प्रहार गरेका छन् भने आन्द्रे रसेल, प्रभ शिमरन सिंह, केएल राहुल, शाही सुदर्शन, मार्कस स्टोनिस, इशान किसनसहित ६ ब्याट्सम्यानले समान १६-१६ वटा छक्का प्रहार गरेका छन्।

ट्रेभिस हेड ।

टिम डेभिड र शुभमन गिलले समान १५-१५ छक्का प्रहार गर्दा आशुतोष शर्मा र जोनाथन बेयरस्टोले समान १४-१४ वटा छक्का प्रहार गरेका छन्।

यशस्वी जैसवालले १३ छक्का प्रहार गर्दा रामदीप सिंह, महेन्द्रसिंह ध्वनी, जोस बटलर, वैंकटेश अय्यरले समान १२-१२ वटा छक्का प्रहार गरेका छन्। शाहवाज अहमदले ११ छक्का प्रहार गर्दा शाही होप, डेबिड वार्नर, अक्षर पटेल, श्रीयर अय्यर, डेरिल मिचेल र हार्दिक पाण्डेयाले समान १०-१० वटा छक्का प्रहार गरेका छन्। ४० ब्याट्सम्यानबाहेक अन्यले भने दोहोरो अंकमा छक्का प्रहार गर्न सकेका छैनन्।

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ। चौथो चरणमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो।

आज भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिरका ९६ सिटमा मतदान हुन लागेको हो।

सोमबार आंध्र प्रदेशका २५, बिहारका ५, झरखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिसाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, पश्चिम बंगलका ८, जम्मू–कश्मिरका १ सिटमा मतदान हुन लागेको हो।

पाँचौ चरणको मतदान मे २० तारिखमा हुनेछ। पाँचौ चरणमा ८ राज्यको ४९ सिटका लागि मतदान हुनेछ। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाखका पाँचौ चरणको मतदान गर्ने भारतीय चुनाव आयोगको तयारी छ।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटका लागि छैठौं चरणमा मतदान हुनेछ।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा सम्पन्न हुनेछ। बिहार, हिमाचल, झारखंड, ओडिशा, पंजाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुने तालिका रहेको छ।

अप्रिल १९, २६ र मे ७ मा गरेर तीन चरणको चुनाव सकिएको भारतमा अब चार चरणको चुनाव हुन बाँकी छ।

पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ।

पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ।

पहिलोदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरी भोलिका लागि सारिएको कांग्रेसले जनाएको छ ।

आज स्थगित भएको संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।

संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्न कांग्रेले बैठक बोलाएको हो । कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर सत्तापक्ष कुनै हालतमा संसदीय छानबिन समिति नबनाउने अडानमा छ ।

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ज्यापु प्रज्ञा भवन च्यासलमा बस्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकले पार्टीको फुट, समसामयिक राजनीति, महाधिवेशन तयारीलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ ।अशोक राईको नेतृत्वमा सात जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको छ । यसको असर प्रदेश हुँदै केन्द्रमा समेत आइपुगेको छ ।

मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आईतबार माओवादी केन्द्र र एमाले बाहिरिए पछि पार्टी अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केन्द्रीय सरकार छाड्नु पर्ने नैतिक बाध्यता आइपरेको छ ।

यो परिस्थितिमा संघीय सरकारमा रहने वा नरहने भन्ने विषयमा आजको बैठकले औपचारि निर्णय गर्ने प्रवक्ता सुमनले बताए । यद्यपि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिनुका साथै समर्थन फिर्ता लिने निर्णय गरिसकेकाे छ । उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राजीनामा दिन दिइसकेकाे बुझिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी जसपा नेपाल फुटाइदिएको यादवको जिकिर छ । उनले सार्वजनिक कार्यक्रमहरुमै एमाले र माओवादीले पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको शिलान्यास गर्न चितवन पुगेका छन् । उनी हिजो नै चितवन गएका हुन् ।

चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल भरतपुर महानगरपालिकाका तर्फबाट आज शिलान्यास गर्न लागिएको हो । हाल नारायणी नदीमा भएको पुलसँगै जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं पुलका योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने छन् भने पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनको भनाइ छ ।

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ- प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए ।

“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।”

सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशव्यापी रूपमा सडक सञ्जालको बिस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताए ।

यातातायात सेवालाई सहज तुल्याउनेगरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए । उनले यातायात पूर्वाधारले बहुराष्ट्रिय कम्पनिबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्‍याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।

“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।

“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”

सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए ।

“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याएको छ ।”

अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार रिट खारेजको फैसला ग-यो ।

दूरसञ्चार नियमावली, २०५४ को व्यवस्थाअनुसार दूरसञ्चार सेवा प्रदायकहरुले प्रत्येक आर्थिक वर्षको कूल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको रकम सरकारलाई दाखिला गर्ने विषयमा नियामक दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरुबीच करिब १२ वर्षदेखि विवाद कायम थियो ।

सर्वोच्चको फैसलापछि उक्त विवादको निरुपण भएको छ । सर्वोच्च अदालतका न्यायाधशिद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको संयुक्त इजलासले सरकार र दूरसञ्चार प्राधिकरणको पक्षमा फैसला गर्दै वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका आठ वटै रिट खारेज गरिदिएको छ ।

वर्ल्डलिङ्कको विपक्षमा सर्वोच्चको फैसला आएसँगै सरकारलाई अरु सेवा प्रदायकबाट पनि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषवापतको रकम उठाउन नजिर स्थापित भएको छ । जसबाट करिब रु चार अर्ब बराबर बक्यौता रोयल्टी सरकारी खातामा जम्मा हुनेछ ।

वर्ल्डलिङ्कसहित विभिन्न नौ वटा सेवाप्रदायक कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि रोयल्टी बुझाउन बाँकी रहेको विषयमा महालेखा परीक्षकको प्रतिवेदन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन समिति तथा स्वतन्त्र अध्ययन समितिले असुलउपर गरिनुपर्ने सुझाव दिँदै आएका थिए ।

महालेखा परीक्षक कार्यालयले पछिल्लो आठ वर्षदेखि यो विषय उठाउँदै आएको थियो । महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले पनि यो विषय औल्याएको थियो । “दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा अनुमति प्राप्त व्यक्तिले कूल वार्षिक आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रुपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ ।

विभिन्न १५ वटा दूरुसञ्चार सेवा प्रदायक संस्थाले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को आय विवरणअनुसार कूल आय रु एक अर्ब ७७ करोड ८३ लाख ७५ हजारको चार प्रतशितले हुन आउने रोयल्टी रकम रु सात करोड ११ लाख ३५ हजार दाखिला गरेका छैनन्”, महालेखाको प्रतिवेदनमा भनिएको छ, “त्यस्तै, १२ सेवा प्रदायकले ग्राहकसँग असुल गरेको मर्मत तथा सपोर्ट चार्ज र अन्य चार्ज आम्दनीको रु चार अर्ब ८५ करोड ९४ लाख ५४ हजारको चार प्रतिशतले हुन आउने रोयल्टी रु १९ करोड ४३ लाख ७८ हजार रोयल्टी छुट भएको देखिएकाले छुट रोयल्टीसमेत कानुनी व्यवस्था बमाजिम असुल गरिनुपर्दछ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले लामो समयदेखिको विवाद निरुपण भएको सरकार तथा मातहतका निकायबाट भएका निर्णयलाई सदर गर्नेगरी सर्वोच्च अदालतबाट फैसला भएको बताउनुभयो । “दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता असुल गरिनुपर्छ भनेर महालेखाले हरेक वर्ष औँल्याउँदै आएको छ । मन्त्रालयले गठन गरेको अध्ययन समितिले उक्त बक्यौता असुली गरिनुपर्ने सुझाव दिएको थियो”, उहाँ भन्नुहुन्छ, “मन्त्रालय तथा प्राधिकरणले असुली प्रक्रिया अगाडि बढाउँदा अदालतमा मुद्दा परेको थियो ।”

वर्ल्डलिङ्क कम्युनिकेसनले २०७६ मङ्सिर २३ गते दूरसञ्चार प्राधिकरणविरुद्ध पहिलो मुद्दा दायर गरेको थियो । त्यसैगरी, २०७७ असार सात गते दुई वटा, २०७७ असार २४ गते थप दुई वटा, २०८० चैत १२ गते र २०८० चैत १५ गते मुद्दा दायर गरेको थियो । रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता तिर्न बाँकी भएपछि सरकारले ती कम्पनीको ब्याण्डविथ्को रकम भुक्तानी सुविधा रोकिदिएको थियो ।

सर्वोच्चको फैसलापछि सरकारलाई करिब रु चार अर्ब बराबर रोयल्टी असुलीका लागि बाटो खोलिदिएको छ । सेवा प्रदायक कम्पनीलाई ब्याण्डविथको रकम भुक्तानीका लागि पहिले बक्यौता रोयल्टी तिर्नुपर्ने भएको छ ।

केही इन्टरनेट सेवा प्रदायकले राजस्व चुहावट तथा सरकारी हानी नोक्सानी गरेको हुँदा सोउपर छानबिनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमासमेत उजुरी दर्ता भएको थियो । उक्त उजुरीका सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरी सुझाव लिएको थियो ।

छानबिन समितिको सुझावपछि मन्त्रालयले गत असोज ९ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई समितिले दिएका सुझाव कार्यान्वयनका लागि भन्दै पत्र पठाएको थियो । मन्त्रालयको उक्त पत्रअनुसार वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिको मात्र रु एक अर्ब २५ करोड ३४ लाख २९ हजार नौ सय ९० बक्यौता तिर्न बाँकी रहेको देखिन्छ ।

त्यसैगरी, वेभसर्फर नेपाल कम्युनिकसेन सिस्टम प्रालिको रु सात करोड ३२ लाख ४९ हजार दुई सय २१, पोखरा इन्टरनेट प्रालिको रु तीन करोड ३३ लाख १० हजार छ सय ११, क्लासिक टेक प्रालिको रु २३ करोड ७१ लाख १७ हजार दुई सय ६८, नेट म्याक्स टेक्नोलोजी प्रालिको रु एक करोड नौ लाख ४४ हजार चार सय नौ र भायानेट कम्युनिकेसन प्रालिको रु २६ करोड ७६ लाख ४७ हजार सात सय १० बक्यौता देखिन्छ ।

त्यसैगरी, टेकमाइन्ड्स नेटवर्क प्रालिको रु २३ करोड ६४ लाख सात हजार पाँच सय ३३, मर्कन्टाइल कम्युनिकेसन प्रालिको रु नौ करोड १६ लाख ५७ हजार दुई सय ३४, सुबिसु केबलनेट प्रालिको रु २६ करोड ९७ लाख ९६ हजार बराबर तिर्न बाँकी देखिन्छ ।

यी नौ वटासहित अरु थप केही कम्पनीको बक्यौता जोड्दा हालसम्म करिब रु चार अर्ब बराबर असुल हुन बाँकी रहेको नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले जानकारी दिनुभयो ।

“मर्मत सम्भार खर्च भनेर सेवा प्रदायकहरुले उठाएको रकम पनि नाफामा गणना गरेर त्यसको कर तिर्नुपर्ने प्राधिकरणको भनाइ थियो भने सेवा प्रदायकहरुले त्यसलाई गणना नगरि वार्षिक आम्दानी गणना गर्दै आएका थिए ।

दूरसञ्चार सेवाबाटै कमाएको पैसा भएकाले विद्यमान नियमअनुसार यो रकम तिर्नुपर्छ भन्ने प्राधिकरणको निर्णयअनुसार अहिले फैसला आएको छ”, पौड्यालले भन्नुभयो, “पहिलेको नौ वटाबाहेक अरु पनि छन् । पहिलेका नौवटाको करिब साढे तीन अर्ब बराबर हुन्छ भने वर्ल्डलिङ्कले मात्र करिब रु दुई अर्ब तिर्न बाँकी छ । सबै सेवा प्रदायकले तिर्न बाँकी रकम जोड्ने हो भने करिब चार अर्ब बराबर हुन आउँछ ।” रोयल्टीवापतको रकम सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको खातामा र ग्रामीण दूरसञ्चार कोषवापतको रकम दूरसञ्चार प्राधिकरणको खातामा जानेछ ।

सेवा प्रदायकहरुले कम रकम बुझाउनुको प्रमुख कारण दूरसञ्चार नियमावलीको नियम २६ अनुसार कूल आयमा समावेश गर्नुपर्ने रकमहरु समावेश नगरेको मन्त्रालयको अध्ययनमा उल्लेख छ । “ग्राहकबाट सेवा प्रदायकहरुले असुल गरिसकेको मर्मत चार्ज, सपोर्ट चार्ज, टेक्निकल चार्जजस्ता आयहरु घटाइ तिर्नुपर्ने रोयल्टी राजस्व दायित्व कम तिर्न आय विवरणमा नमिल्ने किसिमले ‘प्लिट’ र ‘बण्डलिङ’ गरी प्रस्तुत गरिएको छ”, मन्त्रालयको अध्ययनमा भनिएको छ ।

दूरसञ्चार नियमवली २०५४ को नियम २६ मा वार्षिक कुल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रुपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । सो अवधिभित्र नबुझाएमा बाँकी रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्ने व्यवस्था छ ।

वार्षिक कूल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि करलगायत अन्य अप्रत्यक्ष कर तथा दूरसञ्चारसम्बन्धी सामग्री बिक्री गर्दा प्राप्त हुने रकमसमेत मानिने नियमावलीमा उल्लेख छ । तर सेवा प्रदायकहरुले मर्मतसम्भार शुल्कलाई वार्षिक आम्दानी मान्न नहुने तर्क गर्दै आएका थिए ।

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेश, लुम्बिनी र कर्णालीका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राती कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै कोशी र बाग्मती प्रदेशका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

२०८१ बैशाख ३१ गते (सोमवार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृषः बोलीमा सरस्वतीको बास भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसा हुनेछ।

मिथुनः शेयरको कारोबारमा फाइदा हुनेछ। लगानी गर्दा विचार पुर्याउनु राम्रो हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन हो। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कटः तपाईंको ग्रहमा चन्द्रमाको बास भएकाले उत्साह बढ्नेछ। न्यापूर्वक गरेका लगानीको प्रतिफल राम्रो प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंहः दैनिकी सामान्य छ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा लाग्दा मन शान्त हुनेछ। व्यापारमा झगडा हुने देखिन्छ। परिवारमा हुने विवादले दिन बित्ने भएकाले शान्त बस्नु राम्रो हुनेछ।

कन्याः शिक्ष क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र परोपकारको क्षेत्रमा हात अगाडि बढाउनु राम्रो हुनेछ।

तुलाः समय राम्रो छ। दीर्घकालीन योजना बनाउने दिन हो। साथी सकारात्मक भएकाले सहयोग प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। कृषि क्षेत्रको व्यापारले माथि उठाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः गुरुबाट सहयोग नमिल्ने दिन छ। काम गर्दा सचेत हुनुपर्ने छ। कामको परिणाम तपाईंको पक्षमा हुनेछ। श्रम लगानीबाट उत्साह मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

धनुः दिन रमाइलो छ। अरुबाट काम लिने दिन हो। सहयोगी हात धेरै भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको रमाइलो साथ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मकरः आफ्नो लागि संघर्ष गर्नुपर्ने दिन हो। निरन्तरको प्रयासले मात्र सफलता प्राप्त हुनेछ। यथास्थितिमा चल्नुपर्ने बाध्यता छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः शनिदेवको छाया योग छ। जसलाई साढेसाती भनिन्छ। जन्मकुण्डली देखाएर मात्र कुनै काम गर्न अगाडि बढाउनु राम्रो हुन्छ। जन्मकुण्डलीमा शनि सकारात्मक भए प्रगति हुनेछ। शनि नकारात्मक भए ठुलो घाटा हुनेछ।

मीनः दिन राम्रो छ। श्रम लगानीबाट मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्नसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष , कांग्रेसकाे अडान कायम

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

जेठ १ मा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘छानबिन समिति गठनको निर्णयबाट हामी पछि हटेका छैनौं । समिति गठन नभई अन्य कार्यसूचीमा सदन अगाडि बढ्दैन ।’

त्यस्तै बैठकमा एमाले र माओवादीसहितका सत्ता घटकले संसदीय छानबिन समिति गठन नगर्ने बताएका थिए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

शाहरुखले बाथरुममा बनाएका थिए ओम शान्ति ओमको प्रमोसन योजना

काठमाडौं । निर्देशक फराह खानको निर्देशनमा निर्माण भएको फिल्म ‘ओम शान्ति ओम’ सन् २००७ को सुपरहिट फिल्म हो । शाहरुख खान स्टार फिल्मबाट अभिनेत्री दीपिका पादुकोणले बलिउडमा डेब्यू गरेकी थिइन् ।

यो फिल्मको संवाद र गीत अहिले पनि उत्तिकै चर्चित छ । रोचक कुरा के छ भने यो फिल्मलाई हिट बनाउनका लागि अभिनेता शाहरुखले बाथरुममा बसेर प्रमाेशनकाे योजना बनाएका थिए ।

फिल्ममा शाहरुखको मिल्ने साथीको भूमिका अभिनेता श्रेयस तलपडेले निर्वाह गरेका थिए । हालै एक अन्तरवार्तामा उनले कसरी लण्डनको एक होटलमा शाहरुखले श्रेयससँग मिलेर फिल्मको प्रमोसनको रणनीति बनाएका थिए भन्ने खुलाएका छन् ।

श्रेयसका अनुसार फिल्मको प्रमोसनका लागि उनी, दीपिका र शाहरुख लण्डन पुगेका थिए । होटलको एक कोठामा दीपिका अन्तरवार्ता दिइरहकी थिइन् भने शाहरुख र श्रेयस बाथरुममा बसेर प्रमोशनको रणनीति तयार पारिरहेका थिए ।

किनकि सोही दिन बेलुका प्रिमियरमा जानु पर्ने थियो । त्यहीकारण शाहरुख बाथरुमको पटमा प्रिमियरमा कसरी प्रस्तुत हुने सोचिरहेका थिए । ‘शाहरुख बाथरुमको पटमा थिए । म टबमा थिएँ । शाहरुखले रेडकार्पेटमा गएर कसरी नृत्य गर्ने भन्ने योजना बनाएका थिए । त्यो समयमा प्रमोसनको योजना बनाएर दीपिकालाई पर्खिरहेका थियौं’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘शाहरुख राति १०-३० देखि ११ बजेसम्म मेरो कोठामा आए । त्यो बेला दीपिका सुत्न जाने तयारीमा थिइन् । मलाई लाग्यो कि रुम सर्विसवाला पानीको बोतल दिन आयो ।

जब मैले ढोका खोलें, तब मलाई अरु कोही होला भन्ने सोच्न समय लाग्यो । ‘बाहिर नै उभ्याउने हो ?’ शाहरुखले मलाई भनेपछि ‘सरी यार । म त अरु कोही होला भन्ने सोचिरहेको थिएँ ।’

श्रेयसका अनुसार शाहरुख भित्र बस्ने बित्तिकै शाहरुखले भोलिको चार्ट तयार पारे । ‘मानिसहरु सोच्दा हुन् कि शाहरुखको पीआर टिमले प्रमोसनको योजना बनाउँछ । तर यो गलत हो । किनकि सबै उनी नै गर्छन् र आफ्ना कलाकारलाई प्रमोसनको योजना सुनाउँछन्,’ श्रेयस भन्छन् ।