जोडिनुहोस

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो । यसका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र स्थानीय तहबीच तालिम सञ्चालन गर्नेगरी बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रूपमा उपयोग गरी अगाडि बढ्ने बताए ।

उनले भने,’भूकम्पले दिएको शिक्षालाई जीवन व्यवहारमा लागू गरेर जानुको विकल्प छैन । गोरखा बारपाकको भूकम्पबाट शिक्षा लिन सकेको भए जाजरकोट भूकम्पबाट हामीले यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो ।’ भूकम्पपश्चात् खोज, उद्धार र राहतमा सरकारले लिएको पहलकदमी उल्लेख्य भए पनि पुनः निर्माणको कार्यमा ढिलाइ भएको मुख्यमन्त्री शर्माले बताए ।

भूकम्प प्रभावित जिल्ला जाजरकोट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुम पश्चिम चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका गरी पाँच स्थानीय तहमा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र डकर्मीको तालिम सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।

छेडागाड र चौरजहारी नगरपालिका, बारेकोट, त्रिवेणी र दार्मा गाउँपालिका प्रत्येक स्थानीय तहबाट बाह्र जनाका दरले डकर्मीका लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णुप्रसाद कोइरालले जानकारी दिए। उनका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिइनेछ । डकर्मीलाई दिइने तालिम २० दिनको हुनेछ ।

प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम, र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिलाई भवन पुनः निर्माणको विधि, भूकम्प प्रतिरोधी डिजाइनका सिद्धान्त र प्रतिरोधी अभ्यासको क्षमता विकाससम्बन्धी सीप सिकाइने निर्देशक कोइरालाले बताए । तालिम सञ्चालनका लागि रु एक करोड ४६ लाख खर्च हुने जनाइएको छ ।

तालिमबाट ६० दक्ष डकर्मी तयार हुनेछन् । भूकम्प प्रतिरोधी भवन निर्माणसंहितामा रहेर निर्माण गर्नेमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए ।

मौसमः काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भएपनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसाल हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिकमात्रै प्रभाव छ ।

बिहीबार विहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रधानमन्त्रीलाई संसदीय गणितमा सहज

काठमाडौं।नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने पक्का भएको छ ।

नयाँ सत्ता समीकरणमा रहेका एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग २१, जनता समाजवादी पार्टी (जसपा) सँग १२ र एकीकृत समाजवादीसँग १० सिट रहेको छ । यि दलहरुको सांसद संख्या १५३ पुगेको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन् । चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे पनि जनता समाजवादी पार्टी बिस्तारित मन्त्रिपरिषदमा सहभागी भइसकेको छैन ।

तर ८ बुँदे सहमतिमा हस्ताक्षर नगरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । गत वर्षको पुस १० को समीकरणमा रहेका राप्रपाको ठाउँमा यसपटक एकीकृत समाजवादी प्रवेश गरेको छ ।

यसअघि सरकारमै रहेका जनमत, नाउपा र लोसपाले भने अहिलेसम्म कुनै प्रष्ट निर्णय गरिसकेका छैनन् । सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्‍मा चार जना महिला मन्त्री बन्नुभएको छ ।

एमालेबाट दुई, माओवादी र रास्वपा बाट एक(एक जना महिलाले मन्त्री बन्ने अवसर पाउनुभएको हो । २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ ।

तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ । एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ ।

माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ । रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा (एस) ले भने दुई मन्‍त्रालय पाएको छ ।

आज २०८० साल फागुन २४ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

मेषः दिन रमाइलो बन्नेछ। नसोचेको ठाउँको भ्रमण हुने योग छ। लगानी गर्ने समय आएको छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।

वृषः दैनिकी राम्रो छ। बोलीमा नम्रता आवश्यक छ। शिक्षा क्षेत्रको लगानीबाट उपलब्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

मिथुनः समय राम्रो छ। आफ्नो काम आफैले गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सबल बन्नेछ। श्रम गरेको क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुनेछ। समाजले प्रशंसा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कटः दिन राम्रो छ। लामो समयदेखि प्रयास गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति भए पनि सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारका सदस्यले शंका गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। थोरै बोलेर धेरै काम गर्नु पर्ने दिन छ।

सिंहः दैनिकी राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको फल प्राप्त नहुँदा निराश बन्नुपर्ने समय छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आफन्त र परिवारको साथ मिल्नेछ।

कन्याः आजको दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। परोपकार गर्नु राम्रो हुन्छ। परिवारको शान्तिले मन खुशी हुनेछ।

तुलाः दैनिकी राम्रो छ। धार्मिक र सामाजिक क्षेत्रबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।

वृश्चिकः समय सामान्य छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने दिन छ। कुरा काट्ने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। गणेश भगवानको सम्झना मात्र गरेमा धेरै काम बन्नेछन्। पुरानो लगानी उठ्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः दिन राम्रो छ। सकारात्मक सोचको विकास हुनेछ। साथीले प्रशंसा गर्नेछन्। सामाजिक र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा भइरहेको कारोबार फैलिने दिन छ।

मकरः समय राम्रो छ। चन्द्रमा सकारात्मक छन्। धेरै साथीले प्रशंसा गर्ने छन्। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कुरो बुझाबुझ नहुँदा खटपटी हुनसक्छ। कम बोल्नु फाइदा हुन्छ।

कुम्भः दिन सामान्य छ। ठुलो लगानीमा हात नहाल्नु राम्रो हुन्छ। चुपचाप आक्रमण गर्ने साथी धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

मीनः दिन राम्रो छ। शुभचिन्तकको सल्लाह बमोजिम काम गर्नु राम्रो हुन्छ। मेलमिलाप नै आजको लागि फाइदाजनक हुनेछ। खर्च बढ्ने भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

प्रमुख निर्वाचन आयुक्त र युनाइटेड नेसन वुमनका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा आज भेटवार्ता भएको छ ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराए ।

उनले लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गरे । देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाए ।

भेटवार्तामा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा थानेश्वर भुसाललगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

महाशिवरात्रि पर्व भव्य बनाउन पाशुपत क्षेत्रमा तयारी

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।

महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।

उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदै गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार महाशिवरात्रि पर्व २०८० का अवसरमा प्रचारप्रसार, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ । यसैगरी महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापनसहितका सामग्री ल्याउनुपर्ने भनिएको छ ।

पशुपति विकास कोष महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० ले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको महाविशरात्रि पर्वलाई भव्य बनाउने जनाएको छ । यसका लागि सबै क्षेत्र, तह, तप्काबाट सहयोग गर्नसमेत महाशिवरात्रि पर्व व्यवस्था मूल समितिले आग्रह गरेको छ ।

यस वर्षको महाशिवरात्रि यही फागुन २५ गते शुक्रबार परेको छ । अहिले पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माणकार्य सुरु गरिएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने बिहीबारदेखि पशिुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने प्रवक्ता अधिकारीको भनाइ छ । यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिङ्गलास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगङ्गा क्षेत्रमा स्वागतद्वार निर्माण गरिन थालिएको कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरेको कोषका सदस्यसचिव खत्रीले बताए।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहने छ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत ‘सब–कमण्ड’ पोष्टहरू खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइने जनाइएको छ ।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा चिकित्सक, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहने कोषले जनाएको छ । आपतकालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने जनाइएको छ । यस्तै जुत्ताचप्पल व्यवस्थापन एवं दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङ्कराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वाग्मती पारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।

यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । पशुपतिनाथको दर्शनका लागि यसपटक नौवटा र्‍याम्प ९बाटो०को व्यवस्था गरिएको सदस्यसचिव खत्रीले बताए। उनका अनुसार उत्तरपट्टि तीनवटा, पूर्वपट्टि दुईवटा, दक्षिणपट्टि दुई तथा पश्चिमपट्टि दुईवटार्‍याम्पको व्यवस्था गरिएको छ ।

उता पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकतानुसार डाइभर्सनको समेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्री वितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । कोषले यसपटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अपेक्षा गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनको व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विषेश पासको व्यवस्था नगरिएको जनाएको छ । बत्तीसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङ्गलास्थान गेट, वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।

यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तीनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तरढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीलाई सहजरूपमा र छिटो भगवान्को दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले बताए। महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिँदैछ । मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिँदैछ ।

पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउ गर्ने तथा झिलीमिली पार्ने काम सुरु गरिएको छ । यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिङ्गारिने कार्य सुरु गरिएको सदस्यसचिव खत्रीले जानकारी दिए।

उनका अनुसार पशुपतिनाथ क्षेत्रमा मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ । पशुपति क्षेत्रमा अहिले साधुसन्त आउने क्रम जारी रहेको छ । यसैगरी आजदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकबाट पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानाबाट पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथबाट उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीबाट दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो ।

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।

फर्किएन मालबाहक रेल, विराटनगरका उद्योगी निराश

काठमाडौं – भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरू निराश भएका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो’ रेल सेवा पुनः फर्किएन। गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो।

भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन्। त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो। आयातको लागत न्युनिकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ।

नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सिमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन्। उद्योगी पवन सारडाका अनुसार सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ। रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए।

सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ। नजिकको बन्दरगाहबाट सीमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन्। उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताए।

कार्गोरेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो। विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ। अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्गका आयात गर्दै आएका छन्। त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रतिमेट्रिक टनले सस्तो परिरहेको उनीहरूको तर्क छ।

यता बथनाहा–विराटनगर कार्गोरेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय जनाएको छ। कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए।

भारतले पछिल्लो समय विशाखापटनम बन्दरगाहलाई विशेष महत्त्व दिएर कार्गोरेल सञ्चालन गरिरहेको छ। नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ। तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन्।

३० लाखको अवैध सामानसहित तीनजना पक्राउ

बैतडी – बैतडी प्रहरीले अवैध ओसारपसार भइरहेका सामान बरामद गरेको छ। एक हप्ताको अवधिमा भारतबाट भन्सार छली ल्याइएको ३० लाखभन्दा बढीको सामानसहित ३ जना पक्राउ परेका छन्।

बुधबार जिल्लाको मेलौली नगरपालिका-३ लामालेक क्षेत्रबाट १९ लाख ८ हजार ४४० रुपैयाँ बराबरको सामान, ट्रक र एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा से १ ख २०१४ नम्बरका ट्रकचालक बैतडीको पाटन नगरपालिका-८ निवासी गणेश मडै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

भन्सार छलेर तल्लो स्वराडबाट ट्रकमा सामान ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। बरामद गरिएको सामानमा बिडी, चिनी, खानेतेल, मिश्री, चप्पल, प्याज, मिठाई लगायत छन्।

बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ। यसअघि मंगलबार पनि जिल्लाको दोगडाकेदार गाउँपालिका-७ खोचलेकबाट जीपमा लैजाँदै गरेको १० लाख ५७ हजार बराबरको सामानसहित दुईजनालाई पक्राउ गरिएको थियो।

बझाङको बुङगल नगरपालिका-११ पातलका से १ ज ७१८ नम्बरका जीपचालक ३४ वर्षीय वीरबहादुर बोहरा र सहचालक २४ वर्षीय पुष्करबहादुर बोहरा पक्राउ परेका हुन्।

सामानमा १६३२ बन्डल बिडी र १२६ जोर चप्पल छन्। सामान ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले जीपसहित दुबैजनालाई समातेको हो।

प्रहरीले उक्त सामानको मूल्य २ लाख ५७ हजार ४०० र ओसारपसारमा प्रयोग भएको ८ लाख बराबरको जीप र दुबैजनालाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाएको छ।

अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला

विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् ।

आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।

नयाँ गठबन्धनः सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने टिप्पणी गरेका छन ।

जनताका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनालाई आत्मसात् गरी वैचारिक र कार्यक्रमिक सहयात्राका लागि गृहकार्य गरिएमा ऊर्जायुक्त गठनबन्धन सावित हुने उनीहरूको भनाइ छ ।

ती लक्ष्यमा नभई केवल पदीय भागबण्डाको स्वार्थमा ध्यान दिइए जनतामा पुनः निराशा पैदा गर्न सक्ने भएकाले संविधानको प्रस्तावनामा रहेको समाजवदोन्मुख कार्यदिशाका लागि गृहकार्य गरी दिगो र प्रभावकारीरूपमा अघि बढ्न उनीहरूको सुझाव छ ।

यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन गरी तीन नयाँ मन्त्रीसहितको सरकारका गठन भएको हो । ती दलले सरकार विस्तार तथा साझा न्यूनतम कार्यक्रमका लागि आपसी गृहकार्य र अन्य दलसँग पनि संवाद अगाडि बढाएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा आएको विभाजनसँगै गत निर्वाचनमा गठबन्धन गरेको कांग्रेस, नेकपा ९माओवादी केन्द्र०सहितका दलहरूको सहयात्रा निर्वाचनपछि टुटेको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रका आधारमा २०७९ पुस १० गते एमाले, रास्वपा सहितका समर्थनमा दाहाल प्रधामन्त्रीमा नियुक्त हुनुभएको थियो ।

राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा कांग्रेस पुनः सरकारमा र एमाले सत्ताबाहिर हुन पुगेपछि निर्वाचनका समयकै गठबन्धन लामो समय जाने अनुमान गरिएको थियो ।

राजनीतिक उतारचढावका बीच यही फागुन २१ गते ‘पुस १०’ को घटनाक्रम दोहोरिएर एमाले, माओवादी केन्द्रको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेको छ । आन्तरिक र बाह्य कारण जे भए पनि यो घटना एकाएकजस्तै विकसित भएको छ । यो घटनाले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी विजय हासिल गरी करिब दुईतिहाइको समर्थनमा सरकार बनाउन समर्थ हुँदाको समये झैँ स्मरण ती दलका कार्यकर्तामा हुन पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टीको सम्मिलनमा भएको गठबन्धनलाई ‘सजातीय’ गठबन्धनको पनि सङ्ज्ञा दिइएको छ ।

अध्यक्ष ओली र दाहालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नाममा एकै पार्टी भएर सरकार र पार्टी चलाउँदाका आन्तरिक विवाद मिलाउन नसक्दा दुईपटक संसद् विघटन ९२०७७ पुस ५ र २०७८ जेठ ८० सम्मको घटना हुनु, अध्यक्ष ओली तथा अध्यक्ष दाहाल, नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच बेमेल बढ्नुले पार्टी विभाजन भएको बताइएको छ ।

विगतमा पनि एकता–विभाजन–एकताको अनुभव बोकेका कम्युनिष्ट पार्टीहरू ती गल्तीबाट माथि उठेर अब पुनः नयाँ शिराबाट सहयात्रामा अग्रसर भएका हुन्–होइनन् रु अहिले नै ठोकुवा गर्ने आधार त छैन र तर नेताहरूले चाहेमा त्यो असम्भव नदेखिएको टिप्पणी गरिएको छ । नयाँ गठबन्धन भएकै दिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले वामपन्थी दलहरूबीच पुनः सहायात्रा र एकताको लक्ष्यसहित आफूहरू अघि बढेको सार्वजनिक अभिव्यक्ति दिनुबाट लामो यात्राकै सङ्केत बुझ्न सकिन्छ ।

वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले सिद्धान्त, विचार र कार्यक्रमका आधारमा सहयात्रा गर्न कार्यदलस्तरमा तयारी गरेर लिखित दस्तावेजका साथ आएमा यो गठबन्धन दिगो बन्ने जनाउँदै कांग्रेस र माओवादी केन्द्रको तुलनामा एमाले र माओवादी केन्द्रको सहयात्रा सहज हुने बताए।

“तर फागुन २१ गतेको चार दलका शीर्षनेताहरूको सहमतिपत्रमा रुपान्तरणकारी कार्यक्रम देखिएको छैन । सैद्धान्तिक र वैचारिकरूपमा सवल र एकीकृत भएर देश र जनताका समस्या सम्बोधन गर्ने हो भने त्यस लयमा जानुपर्छ । नत्र केवल मन्त्रालयको भागबण्डामा सीमित भएको देखिन्छ र भागबण्डा नमिल्दा गठबन्धन टुट्न पनि सक्छ”, रासससँग कुरा गर्दै नागरिक अभियन्ता श्रेष्ठले भने “टाउको ९विचार०नमिलाई टुपीमात्रै बाँधेर लामो सहयात्रा हुँदैन । शरीर ९सङ्गठन० र खुट्टा ९हिँड्ने बाटो०पनि मिलाउनुपर्छ । त्यसो भएमा यसलाई सानातिना हुरीले ढाल्न सक्दैन ।”

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले विकसित राजनीतिक घटनाक्रम ‘पुस १०’ कै निरन्तरताअन्तर्गत विकसित भएकाले यसले वाम, लोकतान्त्रिक र रुपान्तरणकारी शक्तिलाई सहयात्रामा ल्याएको टिप्पणी गरे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले राष्ट्रियता, विकास र समृद्धिका आधारमा यो गठबन्धन आवश्यक भएकाले यसप्रति सकारात्मक हुन सकिने बताए।

वाम विश्लेषक एवं स्तम्भकार झलक सुवेदीले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीले विगतका ‘इगो’लाई भुलेर नयाँ गठबन्धन टिकाउन सकेमा यसले सकारात्मक ‘भाइब्स्’ निर्माण गर्ने बताए । “आगामी २०८४ सालमा हुने निर्वाचनमा वाम गठबन्धन या पार्टी एकताका माध्यमबाट जान सकिने गरी लागेमा यो गठबन्धनको लाभ एमाले–माओवादी केन्द्र दुवैले लिन सक्छन् । देश र जनताका लागि पनि सकारात्मक नै हुनेछ”, उनको भनाइ छ ।

प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षनेताहरूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई मङ्गलबार साँझ भेटवार्ता गरी सरकारमा सामेल हुन आग्रह गर्नुले वामपन्थी दलहरूबीच टुटेको लय फेरि मिलाउन भने खोजेको देखिएको छ ।

१३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रदर्शनका लागि बालुवाटार पुगेका १३ जना मिटरव्याज पिडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबारउनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ रहेका छन् ।