जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १0 घन्टा अगाडि
  • १0 घन्टा अगाडि

चितवनकी शालिनको अन्त्येष्टि

चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागीहरुले सालिन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए ।

उनीहरुले सालिन मृत्यु प्रकरणको निष्पक्ष छानविन हुनुपर्नेमा माग गरेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् ।

पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ । तर उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन् । मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन् ।

मोरङमा किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ

एक किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेक छन्। पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।किशोरीको शव पोस्टमार्टमको लागि धरानस्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ । शौचालय जाने क्रममा उनीमाथि राति १०;३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनी पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।

सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले बुधबार निर्णय लिने

नेकपा एकीकृत समाजवादीले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ । नयाँ सत्ता समीकरणको सहभागी हुन प्रस्ताव आएपछि समाजवादीले बैठक बोलाएको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अहिले पार्टी सरकारमा जाने या नजाने प्रमुख विषय नभएको बताउँछन् । उनले भने, ‘पार्टी बैठक बसेर औपचारिक प्रस्ताव भएको रहेछ भने सोच्ने कुरा हो । एजेन्डा मिलेन भने यत्तिकै सरकारमा गइँदैन ।’

बुधबार बस्ने बैठकले निर्णय गरेपश्चात् सरकारमा जाने नजाने टुङ्गो लाग्ने नेताहरूको भनाइ छ । बिहान एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई फोन गरेर गठबन्धनका सामेल हुन भनेको बुझिएको छ । माओवादीले त सरकारमा लाने निर्णय नै गरेको छ । पछिल्लो समय एकीकृत समाजवादी र प्रधानमन्त्री प्रचण्डको छलफल भइरहेको बताइएको छ ।

गण्डकीमा समर्थन फिर्ता लिन केन्द्रको निर्देशन पर्खिंदै माओवादी

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना २ जना मन्त्री बर्खास्त् गरेपछि गण्डकीमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम गुग्जालीलाई पदमुक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता तयारी गरिरहेको सुनाए । तर, एक्लै सरकार बन्न सक्ने अवस्था नभएकाले साझेदार अन्य दलसँग पनि सल्लाह भइरहेको उनले बताए ।

‘अब हामीले समर्थन फिर्ता लिने नै हो । हामीहरुले लिएमात्रै पनि हुन्थ्यो । तर, सरकारमा एक्लै जान सक्ने स्थिति पनि छैन’, चुमानले भने, ‘अन्य दलहरुसँग पनि सल्लाह गरिराखेका छौं ।’

आफूहरु केन्द्रको आधिकारिक निर्णय पर्खेर बसेको र निर्देशन आउनासाथ समर्थन फिर्ता लिएर दाबी गर्न जाने बताए । ‘केन्द्रको केही नीतिगत निर्णय बाँकी छ । त्यो निर्णय भयो भने समर्थन फिर्ता लिने हो’, उनले भने ।

समर्थन फिर्ता लिने सन्दर्भमा पार्टीभित्रै पनि छलफल भइरहेको तर, औपचारिक रुपमा संसदीय दलको बैठक बसिनसकेको चुमानले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने पालो यो पटक माओवादीको रहेको दाबीसमेत चुमानले गरेका छन् । ‘एउटा अर्कोसँग नजोडिइकन सरकार बन्ने स्थिति त छैन । हामीले अहिलेसम्म इमान्दारितापूर्वक सरकार बनाउन सहयोग गर्दै आयौं’, उनले भने, ‘यसपटक त्यस्तै इमान्दारिता अरु दलले देखाउनुपर्‍यो । हाम्रो अपेक्षा त्यही हो ।’

गण्डकीमा नयाँ सत्ता समीकरण बनाउन एमाले र माओवादी केन्द्रलाई सहज भने छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । बहुमतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।

सभामुख कृष्ण धिताल माओवादी केन्द्रबाटै निर्वाचित भएका हुनाले उनले सरकार गठनमा सहभागी हुन पाउँदैनन् । माओवादी र एमालेका गरी जम्मा २९ सांसद मात्र पुग्छन्, जुन नयाँ सरकार गठनका लागि पर्याप्त होइन ।

सरकारका बहुमत पुर्‍याउन २ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक बन्ने देखिएको छ । तर, राप्रपा सत्ता समीकरणमा सहभागी नभएकाले गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार ढले पनि तत्काल सरकार गठन गर्न सहज छैन ।

नेकपा माओवादी संसदीय दलका नेता चुमानले राप्रपालाई सरकारमा ल्याउन पहल भइरहेको र नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने दाबी गरे । ‘राप्रपा सरकारमा आउँछ । संघको सन्दर्भमा एउटा कुरा हुन्छ, प्रदेशको सन्दर्भमा अर्को हुन्छ’, उनले भने, ‘प्रदेशमा भने भिन्नभिन्न स्थिति छ ।’

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको २७ र नेकपा समाजवादी पार्टीको १ जना सांसद छन् ।

काठमाण्डौ महानगरले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालको सङ्ख्या १० पुग्यो

काठमाण्डौ महानगरपालिकाले फोहोर सङ्कलनमा रोक लगाएका अस्पतालहरूको सङ्ख्या १० वटा पुगेको छ । काठमाण्डौ–१३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नम्बर १२ को बुद्धमाई अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएसँगै यस्ता अस्पतालहरूको सङ्ख्या १० पुगेको हो । यसअघि महाराजगञ्ज–बसुन्धरा–सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलङ्कीको शहीद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर सङ्कलन रोकिएको छ ।

महानगरले सङ्क्रमित फोहोर निःसङ्क्रमण नगरिएका अस्पतालहरूको फोहोर सङ्कलनमा रोक लगाउँदै आएको छ । महानगरकी उपमेयर एवम् अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले एक ठाउँको गल्तीले वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा गम्भीर सङ्कट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रुटि देखिएका अस्पतालहरूको फोहोर सङ्कलनमा रोक लगाएको बताउनुभयो ।

महानगरले अहिलेसम्ममा ३० वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन गरिसकेको छ । फोहोर वर्गीकरण गर्ने बाल्टिनहरूको रङ्ग सङ्केत नमिल्नु, स्रोतमा फोहोर वर्गीकरण नगर्नु, बाल्टिनको फोहोर सुरक्षित ढुवानी र भण्डारण नहुनु, सङ्क्रमित फोहोर निर्मलीकरण गर्नुअघि नै वर्गीकरण गर्नु, फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु लगायत अस्पतालहरूमा देखिएका समान समस्या हुन् ।

महाशिवरात्रि ; पशुपतिनाथमा साधुसन्त आउन थाले

महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ ।

पशुपतिनाथ दर्शनका लागि महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनहरुको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदैछ । यस वर्षको महाशिवरात्री फागुन २५ गते मनाइँदैछ ।

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने

यसअघि ०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेका बेला केपी शर्मा ओलीको संयोजकत्वमा सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय भएको थियो । यसपटक भने संयुक्त सरकार चलाउन त्यस्तो राजनीतिक संयन्त्र नबनाइने भएको छ । ‘यसपालि सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बन्दैन,’ नेकपा माओवादी केन्द्रका एक नेताले  भने, ‘प्रधानमन्त्री दाहालले आफ्नो तरिकाले सरकार चलाउनेछन्, यसमा एमाले अध्यक्ष ओलीबाट कुनै हस्तक्षेप हुनेछैन । कुनै राजनीतिक संयन्त्र बन्दैन ।’

विगतको गठबन्धन सरकारमा ओलीले हस्तक्षेप गरेको प्रधानमन्त्री प्रचण्डको गुनासो थियो । त्यही गुनासोका साथ उनी एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्न गएका थिए । तर, यसपालि प्रचण्डलाई त्यस्तो महसुस नहुने गरी काम गर्न दिइने एमाले नेताहरुले आश्वस्त पारेको माओवादी नेताको भनाइ छ । सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र नबने पनि संयुक्त सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरुबीचमा साझा न्यूनतम कार्यक्रम भने तयार गरिने भएको छ । सरकारमा सहभागी ४ दलका तर्फबाट जारी ८ बुँदे सहमतिपत्रमा सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम भने तयार गरिने उल्लेख छ ।

बालुवाटारमा नेताहरुको दौडधुप जारी

चार दलीय सत्ता गठबन्धनको अनौपचारिक बैठक बालुवाटारमा जारी छ । आज बिहानैदेखि नेताहरू बालुवाटार आउने जाने क्रम जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालय सदस्य मनोहरी तिम्सिनाले दिएको जानकारीअनुसार बालुवाटारमा अहिले पनि गठबन्धनका नेताहरूले विभिन्न विषमयमा छलफल गरिरहेका छन् । सरकारका न्यूनतम साझा कार्यक्रम, गठबन्धनमा अन्य दलहरुको सहभागिता लगायत विविध विषयमा छलफल भइरहेको तिम्सिनाको भनाइ छ ।

उनले भने, ‘नेताहरू छलफलमा हुनुहुन्छ । भागबण्डा भन्दा पनि सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा छलफल भइरहेको छ ।’ यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसँग पनि प्रधानमन्त्रीले छलफल गरिरहेको एक नेताको भनाइ छ ।

सत्ता गठबन्धनलाई वामदेवको समर्थन

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन् । सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ ।

नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरेका छ । उनले यो सत्ता समीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लागेका छन् । उनी हाल राष्ट्रियसभाका सदस्य हुन् ।

एमालेको प्रमुख सचेतकमा बर्तौला नियुक्त

नेकपा एमालेले प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र सचेतकमा सुनिता बराललाई मनोनित गरेका छन् । यसअघि सचेतक रहेका बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सचेतकमा मनोनित बराल समानुपातिक सांसद हुन् ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज पिएमएल–एनका सेना समर्थित ७२ वर्षीय सरिफले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी पिपिपी र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाएका छन् । हाल कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न उनले यस्तो गरेको विश्लेषण गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भनेका छन्, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा शहबाजलाई बधाई ।” भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् ।

सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन् । यद्यपि भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँ दिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ ।

वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य रूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गरेका थिए । त्यतिबेला उनी पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए । उनले सीमाको भारतीय भूभागमा आफ्नो परिवारको पैतृक गाउँको भ्रमण गरेका थिए र अन्य अधिकारीहरूसँग नयाँ दिल्लीमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका थिए ।

हिन्दू राष्ट्रवादी नेताका रूपमा सत्ता सम्हालेको एक वर्षपछि सन् २०१५ मा पाकिस्तानको आश्चर्यजनक भ्रमणका क्रममा मोदीले सरिफ परिवारको विवाहमा भाग लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री एवं सरिफका दाजु नवाजले स्वागत गरेका थिए ।

बाग्लुङको सुतुर्केमा डम्पिङ साइटु भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित

बाग्लुङको बाग्लुङ नगरपालिका सुतुर्केमा डम्पिङ साइटु भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ । नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको डम्पिङ साइटु पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।

अव्यवस्थित फोहोर व्यवस्थापनबाट दैनिक गुड्ने सयौँ गाडी र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको डम्पिङ साइटु को असर नजिकैको प्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण यात्रा गर्न सकस हुने गरेको चालक देवीबहादुर सुनारले बताउनुभयो । गर्मी मौसममा अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुने उहाँको भनाइ छ ।नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइटु बनाउने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बाग्लुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ । फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित डम्पिङ साइटु बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकेको नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठको भनाइ छ ।