जोडिनुहोस

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन

काठमाडौँ । पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्न समस्या देखिएको छ । बोर्डले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनका पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने नियम लागू गरेको थियो । पछिल्लो समय उक्त नियम कार्यान्वयनमा नआएको बताइएको छ ।

बोर्डले उक्त मापदण्ड तयार गरेर कार्यान्वयनमा ल्याएको भनिरहँदा पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ । बोर्डले टिम्स कार्डको मापदण्ड बनाएर गत वर्षको अप्रिल १ देखि अनलाइनमार्फत टिम्स कार्ड बिक्रीवितरण सुरु गरे पनि टिम्स कार्ड कडाइ गर्ने ‘चेकपोष्ट’ स्थापना नहुँदा समस्या परेको हो । टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईँले हालसम्म अनलाइनमार्फत २० हजारभन्दा बढी टिम्स कार्ड बिक्रीवितरण भइसकेको जानकारी दिए । यसबाट हालसम्म देशलाई रु चार करोडभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।

कम्पनीलाई टिम्स कार्ड लिन अनिवार्य गरेसँगै देशभरका दुई हजार बढी कम्पनी टिम्समा आबद्ध भइसकेको उहाँले बताउनुभयो । सरकारले टिम्स कार्ड लिएबापत पदयात्रीसँग रु दुई हजार शुल्क लिँदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकमध्ये २० देखि ३० प्रतिशत पदयात्राका लागि जाने गरेको तथ्याङ्क छ ।

दश लाख पर्यटक बर्सेनि नेपाल घुम्नका लागि आउने गरेका छन् । जुन आँकडालाई हेर्ने हो भने पनि कम्तीमा बर्सेनि दुई लाख पर्यटक पदयात्रामा जानुपर्छ । तर गत वर्ष बोर्डसँग मिलेर टानले गरेको अनलाइन टिम्स कार्ड बिक्री गर्दा २० हजार पर्यटकले मात्र लिए । बाँकी एक लाख ८० हजार पर्यटक बिनाटिम्स कार्ड पदयात्राका लागि जाँदा राज्यलाई करोडौँ रकम नोक्सानी भएको देखिन्छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले पर्यटकको पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनका लागि सरकारले अनिवार्यरूपमा टिम्स कार्डको व्यवस्था गरेसँगै पर्यटकको सहजताका लागि टानले अनलाइनमार्फत टिम्स कार्ड वितरण गरेको बताए । टिम्स कार्यान्वयनका लागि टान रातदिन जुटिरहेको भए पनि सरकारको ढिलासुस्तीका कारण समस्या परिरहेको उनको भनाइ छ ।

बर्सेनि एक दर्जनभन्दा बढी पदयात्री बिनासूचना एक्लै पदयात्रामा जाँदा हराइरहेको जनाउँदै अध्यक्ष बाँस्तोलाले पर्यटकको सुरक्षाकै लागि गाइड अनिवार्य गरिएको बताए । “पर्यटक एक्लै पदयात्रामा जाँदा र हराउँदा नेपाल पदयात्राका लागि सुरक्षित गन्तव्य होइन भन्ने सन्देश विदेशमा गएको छ, यसलाई चिर्नका लागि टिम्स कार्डले सहयोग पुग्नेछ”, उनले भने ।

टिम्स कार्ड र पथप्रदर्शक अनिवार्य गरेसँगै पर्यटक क्षेत्र सुरक्षित हुने, स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा राजस्व बढ्ने, नेपालीले रोजगार पाउने साथै कम्पनीबाट जाँदा कम्पनीले राज्यलाई राजस्व तिर्दा राज्यलाई दोहोरो फाइदा हुने टानले जनाएको छ ।

नेपालका हिमाली भागका जोखिम क्षेत्र जस्तै, कञ्चनजङ्घा क्षेत्रअन्तर्गत चारवटा पदमार्ग कञ्चनजङ्घा बेसक्याम्प, सेले–ला पास, बेसक्याम्प ट्रेक, नाङ्गो पास ट्रेक र लुम्बा–सुम्बा ट्रेक मार्गमा जानेले टिम्स अनुमतिपत्र लिनुपर्नेछ । यस्तै मकालु–वरुण क्षेत्रको बेसक्याम्प र शेर्पेनी कोल पास ट्रेक, सगरमाथा क्षेत्रको बेसक्याम्प ट्रेक, गोक्यो ट्रेक छोलापास ट्रेक, मेरा पिकसहित आठवटा ट्रेकिङ रूटमा जाँदा पनि यस्तो अनुमतिपत्र लिनुपर्ने मापदण्डमा उल्लेख छ ।

यसैगरी रोल्वालिङ क्षेत्रका दुईवटा पदमार्ग, पाँचपोखरी–भैरवकुण्ड क्षेत्रको एउटा मार्ग, हेलम्बुका लाङ्टाङ र गोसाइँकुण्ड मार्ग गरी दुई मार्गमा जानेका लागि अनुमतिपत्र अनिवार्य गरिएको छ । यस्तै लाङ्टाङ क्षेत्रका छवटा मार्ग तथा पासमा पर्ने मार्गहरू स्याफ्रुबेँसीदेखि अन्य गन्तव्य क्यान्जिङ, तातोपानी, गञ्जला पास पदमार्गलाई पनि टिम्सअन्तर्गत राखिएको छ ।

गणेश हिमाल–रूबी भ्याली, मनास्लुमा तीन, अन्नपूर्ण क्षेत्रका छ, मुस्ताङका दुई, धवलागिरिको एउटा, डोल्पो क्षेत्रको चार पदमार्गमा पर्ने माथिल्लो डोल्पा–जोमसोम, माथिल्लो डोल्पो, तल्लो डोल्पो र कागमारा पास मार्गमा जानेले टिम्स अनुमतिपत्र लिनुपर्नेछ । हुम्लाको लिमीभ्याली पदमार्गलाई पनि टिम्सअन्तर्गत राखिएको छ ।

मापदण्डमा टिम्स चेकपोस्ट स्थापना गर्ने व्यवस्था पनि छ । टिम्स लागू हुने क्षेत्रमा आवश्यकता र औचित्यका आधारमा चेकपोस्ट स्थापना गर्न सकिने उल्लेख छ । यस्तो चेकपोस्टमा बोर्ड र टानले खटाएका कर्मचारी, पर्यटन प्रहरी र पर्यटन प्रहरी नभएको स्थानमा नेपाल प्रहरी र स्थानीय तहका प्रतिनिधि रहनेछन् ।

उक्त चेकपोष्टका प्रतिनिधिले पदयात्रीले टिम्स अनुमतिपत्र तथा पथप्रदर्शक साथमा लिएको वा नलिएको जाँचबुझ गर्ने, जाँदा–फर्किँदाको पदयात्रीको रेकर्ड अद्यावधिक गर्ने, यात्रा गर्ने भौगोगिक क्षेत्रको मौसम र अवस्था जानकारी गराउने, दुर्घटनामा परेमा उद्धारका लागि समन्वय र पहल गर्ने मापदण्डमा उल्लेख छ ।

टानले अनलाइनमार्फत टिम्स कार्ड बिक्री वितरण गरे पनि विदेशीले उक्त टिम्सकार्ड लिए÷नलिएको हेर्नका लागि अहिलेसम्म सम्बन्धित क्षेत्रमा चेकपोष्ट स्थापना भएका छैनन् । गत वर्ष नै चेकपोष्ट स्थापना गर्ने भनिए पनि हालसम्म चेकपोष्ट स्थापना नहुँदा समस्या परेको हो । टिम्स कार्यान्वयन गर्ने बोर्डमा ११ सदस्यीय कार्यसमिति भए पनि पछिल्लो समय चार सदस्य खाली छन् । बाँकी सात सदस्यीय भएको बोर्डको बैठक बस्न नसक्दा उक्त निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने प्रभावकारी ढङ्गले टिम्स कार्यान्वयन गर्नका लागि बोर्ड लागिरहेको बताए। “टिम्स कार्यान्वयनको सम्बन्धमा देखिएको अफठ्यारा फुकाउनका लागि सरकार र बोर्ड लागिरहेको छ, चाँडै नै उक्त समस्या समाधान हुन्छ”, उनले भने ।

यस्तै मापदण्डमा टिम्स कार्ड नबोकी र पथप्रदर्शक नलिई पदयात्रामा निस्किएको भेटिए पर्यटकलाई रु १२ हजार जरिवाना गरिने व्यवस्था छ । यस्तै ट्रेकिङ कम्पनीमार्फत टिम्स कार्ड नलिई पदयात्रामा पठाएको पाइए कम्पनीलाई रु १० हजार जरिवाना गर्ने व्यवस्थासमेत गरिएको छ । यी विभिन्न चरणमा काम भइसकेको भएता पनि अन्तिम चरणमा आएर टान र बोर्डबीच सम्झौता नभएका कारण करोडौँको राजस्व गुमाएको छ भने पर्यटक पनि असुरक्षितरूपमा घुम्न बाध्य छन् ।

यी २६ वायु सेवा कम्पनीले तिरेन्न भ्याट

नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४९ वायुसेवा कम्पनीमध्ये २६ ले सरकारलाई मूल्य अभिवृद्धि कर ९भ्याट० तिरेका छैनन् । सरकारले चालू आर्थिक वर्षदेखि उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । सोहीअनुसार वायुसेवा कम्पनीहरूले यात्रुबाट टिकटमै कर जोडेर रकम उठाए पनि सरकारलाई बुझाएका छैनन् ।

सरकारले चालू आर्थिक वर्षमा आर्थिक ऐनमै व्यवस्था गरेर उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने उल्लेख गरेको थियो । विभागका अनुसार हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकाले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्छ । तर, हवाई भाडादरमा समेत समायोजन गरिसकेका ५४ प्रतिशतभन्दा बढी वायुसेवा कम्पनीले भ्याट नतिरेको विभागबाट प्राप्त तथ्यांकमा देखिन्छ । जसमा आन्तरिक उडानतर्फका ६ र अन्तर्राष्ट्रिय उडानतर्फका २० कम्पनी छन् ।

आन्तरिक उडानतर्फ सन् २०२३ मा सात हजारसम्म यात्रु आवतजावत गराएको एयर डाइनास्टी हेली सर्भिसेजले भ्याट तिरेको छैन । त्यस्तै, सोही वर्ष आन्तरिकतर्फ चार हजार पाँच सय ७२ यात्रु ओसारपसार गरेको सिम्रिक एयरले पनि भ्याट तिरेको छैन । त्यसो त अन्तर्राष्ट्रिय उडान पनि भर्ने यो एयरलाइन्सले सन् २०२३ मा ६ यात्रु बोकेर विदेश गएको थियो । त्यस्तै, श्री हेलिकोप्टर, फिस्टेल एयर, मनाङ एयर र मुस्ताङ हेलिकोप्टरले पनि अहिलेसम्म भ्याट नतिरेको विभागको तथ्यांकमा उल्लेख छ ।

भ्याट नतिर्ने अन्तर्राष्ट्रिय उडानतर्फका वायुसेवा कम्पनीहरूमा एयर अरेबिया, एयर अरेबिया अबुधाबी, एयर इन्डिया, श्रीलंकन एयरलाइन्स, विमान बंगलादेश, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न, क्याथवे प्यासिफिक एयरवेज, सिचुवान एयरलाइन्स, चाइना साउदर्न, फ्लाई दुबई, जजिरा एयरवेज, कुवेत एयर, कोरियन एयर, मालिन्दो एयर, तिब्बत एयरलाइन्स, थाई स्माइल एयरवेज, थाई लायन एयर र भिस्टारा एयर छन् । यी २० अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०२३ मा १० लाख २८ हजार ६५८ यात्रु नेपालबाट उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम बर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै बाँकी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशसहित बाँकी तराईका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज २०८० साल फागुन २० गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आजको दैनिकी राम्रो छ । व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ ।

वृषः समय राम्रो छ । मन खुशी हुनेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । बन्धुबाट भने सहयोग नहुने खतरा छ । साथीभाइबाट अन्तरघातको जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुनः दिन राम्रो छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अरुको प्रभावमा नपरी आफ्नै शैलीमा काम गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास जित्न नसकेको खण्डमा परिवारमा खटपटी हुनेछ ।

कर्कटः समय सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनाले दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सामान्य रुपमा अगाडि बढ्नेछ ।

सिंहः दैनिकी राम्रो छ । आफ्नो योजना कार्यान्वयन भएमा शतप्रतिशत सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सार्वजनिक जीवनमा सम्मान प्राप्त हुनेछ । परिवारको साथ रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः समय राम्रो छ । आफ्नो योजना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति प्रगति हुनेछ । परिवारबाट सम्मान प्राप्त हुनेछ ।

तुलाः दिन राम्रो छ । आर्थिक क्षेत्र सबल रहेको छ । दाजुभाइले राम्रो कामको सुरुवात गर्न साथ दिनेछन् । शिक्षाको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्ने देखिन्छ ।

वृश्चिकः समय सामान्य छ । बोलीको प्रभावले गर्दा काम बन्ने भएकाले प्रष्ट बोल्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा विवाद हुनेछ । वैदेशिक लगानीमा ठगहरू सक्रिय भएकाले सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनुः दिन राम्रो छ । आफ्नो रोजाइका क्षेत्रबाट राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ भने शिक्षामा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । परिवारको साथले मनमा उत्साह बढ्नेछ ।

मकरः समय सामान्य छ । सञ्चित धनको खर्च हुने योग रहेको छ । सामाजिक क्षेत्रमा कमजोरी देखा पर्ने जोखिम रहेको छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । दाजुभाइले राम्रो सुझाव दिनेछन् । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भः समय उत्साहजनक छैन । आर्थिक क्षेत्रको प्रयास सफल बन्नेछ । आफ्नै बोलीका कारण समस्यामा पर्ने जोखिम रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा डर, त्रास र जोखिम रहेको देखिन्छ । परिवार र प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ ।

मीनः दैनिकी राम्रो छ । बोलीको प्रभावले समाजमा राम्रो नतिजा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । मित्र र आफन्त सकारात्मक छन् । अचानक खर्च बढ्ने जोखिम रहेको छ । परिवार र प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ ।

पिक प्वाइन्ट एकेडेमीले भव्यताका साथ मनायो अभिभावक दिवस

काठमाडौँ— पिक प्वाइन्ट एकेडेमीले अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

शनिबार बुढानिलकण्ठ वडा नं १३ स्थित विद्यालय प्राङ्गणमा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा प्रमुख आतिथ्यता र सयौँको सङ्ख्यामा रहेका अभिभावक तथा विद्यार्थीको बीचमा विद्यार्थीहरूले विभिन्न कार्यक्रमहरू गरी अभिभावक दिवस मनाइएको हो ।

कार्यक्रममा बुढानिलकण्ठ वडा नं १३ का वडा अध्यक्ष टिकेस नारायण श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिकाहरू, कर्मचारीहरू र ठुलो सङ्ख्यामा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

पिक प्वाइण्ट एकेडेमीले विगत २१ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विद्यालयले स्थापनाकाल देखिनै रचनात्मक, सिर्जनात्मक, अत्तिरिक्त कृयाकलापको साथै सिपमूलक शिक्षामा जोड दिँदै आएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि लामाले संस्कारसहितको शिक्षामा जोड दिइन् ।

 

अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्।

‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौँ’, राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ’, ‘यी पश्चिमाले चलाएको हल्लामात्र हो।’

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेसन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपलाई निराधार र नक्कली कथा मात्र भएको बताएका थिए।

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्यांकले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको प्रचारपछि यस्तो पुटिनको प्रतिक्रिया आएको हो।

सन्दुक रुइतको नेतृत्वमा १५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

ताप्लेजुङ – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो ।

डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए।

शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ आँखाका बिरामीको शल्यक्रिया गरिएको छ ।

मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताए । उनका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरिएको थियो ।

शिविरमा जिल्लाभित्र र पाँचथर तथा तेह्रथुमबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिए । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।

आजको मौसमः चार प्रदेशमा छिटपुट बर्षा हुने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम बर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखले अनुरोध गरेको छ ।

सबैभन्दा बढी घरेलु हिंसा मधेश प्रदेशमा

काठमाडौं । अहिले समाजमा घरेलु हिंसाका घटनाहरु दिनप्रति दिन बढ्दो अवस्थामा छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ७ हजार ४०१ जना महिला र ८१३ जना पुरूष छन् । सबैभन्दा बढी मधेश प्रदेशमा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।

मधेश प्रदेशमा ६ महिनाको अवधिमा २ हजार ७३७ विभिन्न प्रकृतिका उजुरी दर्ता भएका छन् । यस्तै कोशी प्रदेशमा ८८२, बागमती प्रदेशमा ६३८, गण्डकी प्रदेशमा ३२८, लुम्बिनी प्रदेशमा १ हजार ३६७, कर्णाली प्रदेशमा ३९९ र सुदूरपश्चिम प्रदेशमा ६४० जनाले घरेलु हिंसाका उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार २२३ जनाले घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

ऊर्जा क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ ।

नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।

स्वीट्जरल्याण्डका राजदूत ड्यानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्भोस, एसियाली विकास बैंक ९एडिबी०, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरु सम्मिलित टोलीले नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन भ्रमण गरेको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलितपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको हो । उक्त सबस्टेसनको अनुगमन भ्रमणमा पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धीको प्रशंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिबद्धता जनाएको थियो ।

नेपालमा जलविद्युत् उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बङ्गलादेशसँगको विद्युत् निर्यातका विषयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी पाँच÷छ वर्षमा करिब १३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताए ।

“विद्युत् उत्पादन बढाउन र प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि आगामी आगामी पाँच÷छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी चाहिन्छ”, कार्यकारी निर्देशक घिसिङले भने, “‘देशभित्र विद्युत् खपत बढाउने हाम्रो प्राथमिकता हो । यहाँ खपत गरी बढी भएको विद्युत् मात्र छिमेकी देशमा निर्यात गर्ने हो । विद्युत् निर्यातका लागि पूर्वाधार संरचना निर्माणका लागि ठूलो लगानी आवश्यक छ । म विकास साझेदाहरुलाई लगानी बढाउन आग्रह गर्दछु ।”

विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्भोसले बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताए । उनले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनुपर्नेमा जोड दिए ।

एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षदेखि साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । सो अनुगमन भ्रमण टोलीले सबस्टेसनको नियन्त्रण कक्षलगायतको जानकारी लिएको थियो । टोलीले विद्युत प्रसारण र वितरणको अवस्थाका बारेमा पनि जानकारी लिएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन र तीन वटा सबस्टेसनहरुको निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।

प्रसारण लाइन करिब दुई हजार मेगावाट विद्युत् भार बोक्ने क्षमताको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको एशिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक० अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।

भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न गरिँदैछ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ ।

आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ । आफन्त र साथीभाइले सहयोग गर्नेछन् । लगानी गरेको क्षेत्रबाट उत्साह मिल्नेछ । साथीको हुटहुटीमा लागेमा खर्च बढ्ने जोखिम हुन्छ । नयाँनयाँ कुराको ज्ञान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दैनिकी राम्रो छ । स्वास्थ्यमा लाभ हुनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुने योग छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले लगानी गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ ।

मिथुनः दिन राम्रो छ । आफ्नो महत्त्व बुझ्नुपर्ने दिन हो । बोल्दा ख्याल गर्नुपर्नेछ । बोली व्यवहारिक बनाउनुपर्ने देखिन्छ । संघर्ष वा परिश्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः दिन सामान्य छ । हरेक क्षेत्रमा विवाद हुनसक्ने जोखिम छ । शिक्षामा भने सफलता मिल्नेछ । वैदेशिक रोजगारी र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्ध टिकाउन मेहनत आवश्यक छ ।

सिंहः दैनिकी राम्रो छ । योजना सार्वजनिक नगरी कार्यान्वयन गर्नु फाइदाजनक हुनेछ । गोप्य ढंगले सम्पन्न गरेका काम सफल बन्नेछन् । परिवारको साथ मिल्नेछ । सामाजिक क्षेत्रमा सहयोगी साथीहरु भेटिने छन् ।

कन्याः दिन राम्रो छ । आजको दिन उत्साहका साथ बित्नेछ । साथी र आफन्त सकारात्मक छन् । योजना बनाएको भए ठुलो कामको सुरुवात गर्ने दिन हो । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः समय राम्रो छ । समाजसेवामा मन जानेछ । शिक्षा र राजनीतिक क्षेत्रमा फाइदा हुनेछ । समाजले सम्मान गर्ने योग छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

वृश्चिकः दैनिकी राम्रो छ । बोलीको प्रभावले धेरै काम बन्नेछन् । साथीसँगको सम्बन्ध सुमधुर बन्नेछ । थोरै बालेर धेरै काम गर्नुपर्ने समय हो । परिवारसँगको सम्बन्धमा भने खटपटी आउने देखिन्छ । घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ ।

धनुः समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । साथीहरु सकारात्मक हुनेछन् । लगानीका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

मकरः दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । व्यवहार गर्दा ठुलो आँट नगर्नु राम्रो हुनेछ । लगानी नगर्नु राम्रो हुन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन सामान्य छ । दाजुभाइबाट सहयोग मिल्नेछ । गुमेको सम्पत्ति भेटिने छ । बोल्न नजान्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । महत्त्वपूर्ण कुरा वा विषयमा बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो हुन्छ ।

मीनः दैनिकी सामान्य छ । सञ्चित धनको खर्च हुनेछ । साथीभाइले एक्लो बनाउनसक्ने जोखिम देखिन्छ । आफ्नो आवास क्षेत्रमा विवाद हुनसक्छ । वर र पिपलमा पानी लगाएमा दिन सकारात्मक बन्नेछ ।

द क्लिफमा ‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

कुष्मा। नेपाल प्रहरिको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन् । प्रहरी युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई बिहिवार, शुक्रबार र शनिबारसम्म बन्जी जम्प योजना रहेको छ । बिहिवार १२ जनाले जम्प गरेका छन् भने बाँकिले शुक्रबार र शनिबार जम्प गर्ने योजना छ ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराउन लागिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ ।

तालिम अन्तर्गत प्रहरीको यसअघि २ समुहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।